‘कुसुन्ती मेयर कप भेट्रान फुटबल’ प्रतियोगिता हुने

काठमाडौँ । पुसको अन्तिम सातादेखि कुसुन्ती मेयर कप भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।

कुसुन्ती युवा क्लबको आयोजनामा पहिलो संस्करणको कुसुन्ती मेयर कप भेट्रान फुटबल आगामी पुस २४ देखि २८ सम्म हुने भएको हो ।

शुक्रवार क्लबले काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै प्रतियोगिताको बारेमा जानकारी दिएको हो । जावलाखेल मैदानमा हुने प्रतियोगितामा ३२ टोलीले प्रतिस्पर्धा गर्नसक्ने आयोजकको भनाइ छ । तथापि, अहिलेसम्म २७ टोलीले नाम दर्ता गराएको आयोजकले जनाएको छ । प्रतियोगितामा उपत्यका बाहिरबाट नवलपुर र वीरगञ्जका टोलीको चुनौती रहनेछ ।

यद्यपि, उनीहरूको सहभागिताका लागि दर्ता शुल्क नलिइएको आयोजकले जानकारी दियो । तीबाहेक टोलीले भने प्रतियोगितामा सहभागिताका लागि १० हजार रुपैयाँ तिरेर नाम दर्ता गरेका छन् । यो प्रतियोगितामा राष्ट्रिय टोलीबाट खेलिसकेका अनन्त थापालगायत कयौं पूर्वराष्ट्रिय खेलाडीले विभिन्न क्लबबाट प्रतिस्पर्धा गर्दैछन् । ४० वर्षभन्दा माथि उमेर समूहका खेलाडीले मात्र प्रतियोगितामा खेल्न पाउनेछन् । प्रतियोगिताको विजेताले एक लाख ५० हजार, उपविजेताले ७५ हजार रुपैयाँका साथ ट्रफी र पदक प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, रक्षक र फरवार्डलाई जनही पाँच हजार रुपैयाँका साथ बुद्ध एयरको माउण्टेन फ्लाइटको टिकट प्रदान गरिनेछ । सो प्रतियोगिताका दौरान नेपाली फुटबलमा योगदान पुर्याएका पाँच जनालाई सम्मान गरिने आयोजकले जनाएको छ । त्यसका लागि आयोजकले एउटा समिति बनाइसकेको पनि उल्लेख गर्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *