कोशीको मुख्य न्यायाधिवक्तामा रुपेश कोइराला नियुक्त
मकालु खबर
२०८० पुस २२ गते
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता रुपेश कोइरालालाई नियुक्त गरेका छन् ।
कोइरालालाई आइतबार नै उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश रमेशप्रसाद राजभण्डारीले पद तथा गोपनीयताको शपथ खुवाउने कार्यक्रम छ ।
विराटनगर–९का बासिन्दा कोइराला प्रजातान्त्रिक कानुन व्यवसायी संघ मोरङका अध्यक्ष थिए ।
मकालु खबर
२०८० पुस २२ गते
प्रतिक्रिया
सम्बन्धित