विज्ञापन एजेन्सीहरूको आरोप – सरकारले विज्ञापन बजार व्यवस्थापन गर्न नसक्दा बजार खुम्चियो

काठमाडौँ । सरकारले विज्ञापन बजारलाई व्यवस्थापन गर्न नसक्दा विज्ञापन बजार घट्दै गएको विज्ञापन एजेन्सीहरूले आरोप लगाएका छन् ।

उनीहरुले सरकारले नीतिगत कार्य गर्दा विज्ञापन उद्योग बढी विकास गर्ने भन्दा नियन्त्रण गर्न लागेकाले विज्ञापन बजार खुम्चिएको आरोप लगाएका हुन् ।

एजेन्सीहरूले विज्ञापन बजार खुम्चिनुमा विगत केही समयदेखि देशमा भइरहेको आर्थिक गतिविधि र अव्यवस्थित आर्थिक अवस्थालाई दोष लगाएका छन् । केही सिर्जित कारणले पनि विज्ञापन बजार खुम्चिएको उनीहरूको भनाइ छ ।

नेपाल विज्ञापन संघका नवनिर्वाचित अध्यक्ष सुदीप थापाले सरकार विज्ञापन उद्योग बढी विकास गर्ने भन्दा नियन्त्रण गर्न लागेकाले विज्ञापन बजार खुम्चिएको आरोप लगाए । उनले विगतमा अर्थतन्त्र आयातमुखीमा निर्भर हुँदा विदेशी ब्रान्डहरूले नेपाली बजारमा गरेको असर र आज नेपाली ब्रान्डहरूलाई चल्नलाई गाह्रो भएको अवस्थाले विज्ञापन बजार खुम्चिएको बताए ।

उनले भने ‘आजको वर्ल्ड इकोनोमी क्राइसिस त्यसले पारेको एउटा असर र हाम्रो आफ्नो नेपाली बजारको खुम्चिँदो अवस्था र नेपालमा हिजोका दिनमा यो हाम्रो अर्थतन्त्र आयातमुखीमा निर्भर हुँदा विदेशी ब्रान्डहरूले नेपाली बजारमा गरेको असर र आज नेपाली ब्रान्डहरूलाई चल्नलाई गाह्रो भएको अवस्थाले गर्दा हाम्रो बजार खुम्चिएको अवस्थाहरू हो । विज्ञापन क्षेत्रमा देखिएको असर मुख्यरुपमा हामी कम्युनिकेसनमा काम गर्ने एक्सपर्ट अर्गनाइजेशनहरुको संस्था हाम्रो हान र यसले विज्ञापन बजारलाई जसरी चलायमान बनाउनुपर्छ, त्यो चलायमान बनाउनलाई अर्थतन्त्र खुम्चिँदै जानु र मिडियाहरू, विज्ञापनका माध्यमहरू धेरै मात्रामा बढ्दै जाँदा विज्ञापन दाताका कुरा गर्छौं, उहाँहरुले विज्ञापनलाई प्रोफेसनली रुपमा एजेन्सीजहरुले बनाएर पठाएको डाटाबेसमा उहाँहरुले उड्भोटाइजिङलाई प्लेसमेण्ट गर्न नसक्ने अवस्थाका कारण मिडिया हाउसहरू क्लाइन्टकोमा गएर सिधा विज्ञापन माग्दा त्यसले कहाँ नेर हाल्दा विज्ञापनको इन्भेस्टमेन्ट गर्छ भने त्यो कम्पनीले इन्भेष्टमेण्टको रिटर्न खोज्छ खोज्छ । त्यसमा उहाँहरूलाई अलिकति अप्ठ्यारो पर्दा विज्ञापन चलायमान त्यति बढी हुन सकेन । कम्युनिकेसन एजेन्सी मात्रै मिडिया हो की रु मिडिया साँच्चिकै जोर्नालिजमको अभिन्न अङ्ग हो रु भन्ने दुई वटा कुराको डिफिनेसन्सलाई सरकारले पनि त्यसलाई क्लियर गर्न सकिरहेको छैन । त्यो नगर्दा व्यावसायिक मिडियाले फाइदा लिन नसकिरहेको अवस्था हो । सरकारले पनि तीन वर्षको बीचमा नीतिगत कार्य गरिरहेको र नीतिगत कार्य गर्दा हाम्रो विज्ञापन बजारलाई हामी मिडिया इकोनोमीमा मेजर चलायमान बनाउनु भन्दा पोलिसीमा बढी केन्द्रित भएको पाइयो । नीति पनि इण्डस्ट्री बढी डेभलप गर्ने भन्दा कन्ट्रोल गर्दा हाम्रो बजार बढी खुम्चिन गएका हुन् ।’

त्यस्तै नेपाल विज्ञापन संघका पूर्वअध्यक्ष रविन्द्रकुमार रिजालले विज्ञापन बजार खस्किनुमा विगत केही समयदेखि देशमा भइरहेको अव्यवस्थित आर्थिक अवस्था र सरकारले विज्ञापन बजारमा गरेको बन्देज रहेको बताए ।

उनले देशमा सिर्जित नकारात्मक प्रचारले पनि विज्ञापन बजारमा असर गरिरहेको बताए । उनले विज्ञापन बजार खस्किनु सरकारले व्यवस्थापन गर्न नसकेको अप्रिय सिर्जित घटना भएको उल्लेख गरे ।

उनले भने ‘वर्तमान विज्ञापनको मात्र होइन, देशको सम्पूर्ण आर्थिक अवस्था नै खस्किएको अवस्था छ । हिजोको दिनमा जुन खुला अर्थनीति अन्तर्गत उत्पादन गर्न खुला नीतिअन्तर्गत गर्न पाउने, सेवामूलक भावनाले सेवा गर्नेहरूले गर्ने एन्जिओ, आइएन्जिओहरुले आफ्ना कार्यहरू गर्ने, सबैले आफ्नो आफ्नो सामान बिक्री गर्न, सेवालाई जनसमुदायसम्म पु¥याउन, एन्जिओ, आइएन्जिओहरुले आफूले गर्ने भुमिका प्रत्यक्ष जनसरोकार राखेर जनसमक्ष पु¥याउने माध्यम विज्ञापन नै थियो । विगत केही समयदेखि देशमा भइरहेको आर्थिक गतिविधि अव्यवस्थित आर्थिक अवस्था र यसले विज्ञापन गर्नुपर्दैन भन्ने सरकारबाट पनि बेलाबेला गरेको छ भन्ने अनावश्यक हल्लाहरू, राष्ट्र बैंकले रोक लगाएको छ, बीमा प्राधिकरणले रोक लगाएको छ, औद्योगिक प्रतिष्ठानहरूले रोक लगाएको छ, ट्याक्सबाट रोक लगाएको छ, यस्ता रोक बन्देज लगाएको छ, खर्च छैन, केही छैन भन्ने प्रवृत्तिले हामी कहाँ देशको अवस्था नै छैन भन्नेमा परिणत हुन जाला भन्ने डर छ । यो नेपाल सरकारले व्यवस्थापन गर्न नसकेको अप्रिय सिर्जित घटना हो । भोलि गएर यही घटना सबैको दुर्भाग्य हुन्छ ।’

त्यस्तै बोग एड्भटाइजिङ एण्ड इभेन्ट म्यानेजमेण्ट कम्पनीका सञ्चालक प्रभत रिमालले विज्ञापन बजार केही हदसम्म खस्किएको सही भएपनि केही खस्काइएको बताए । उनले प्रतिस्पर्धात्मक बजार नभएका कारणले विज्ञापन बजार खुम्चिएको बताए । उनले विगतको जस्तै मौन बसेर विज्ञापन बजार अघि बढ्न नसक्ने बताए ।

उनले भने ‘विज्ञापन बजार केही हदसम्म खस्किएको पनि हो र केही खस्काइएको पनि हो । बहाना खोज्नेहरूका लागि यो समय कतिपय अवस्थामा बहाना पनि भयो । कम्पिटिशन मार्केट नभएकाले पनि हाम्रो देशमा विज्ञापन बजार खुम्चिएको हो । खुम्चिएको अवस्थाबाट बजारलाई अघि बढाउन धेरै इण्डस्ट्रि चाहिए भन्नेकुरालाई लिएर भएकै कतिपयबाट अवस्थामा आजको अवस्थालाई देखाएर त्यसलाई बहाना देखाएर सिच्वेशन क्रिएट गरेको पनि हुनसक्छ । त्यो निक्र्यौल हुन जरुरी छ । हिजोको जस्तै चुप लागेर बसेर हामी कतै पुग्दैनौँ ।’

त्यस्तै आउन्ट्रिस नेपालका सञ्चालक उजय शाक्यले विज्ञापन बजार बढाउनका लागि विज्ञापन बजारको पुनः आविष्कार गर्न आवश्यक रहेको बताए । विज्ञापन बजार चलाउन अहिलेको सर्भिस रिक्वायरमेण्ट, थिंकिङ रिक्वायरमेण्ट, अहिलेको आइडिया रिक्वायरमेण्ट समयानुकूल अघि परिमार्जन गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले भने ‘हामीले आफूलाई रि इन्भेन्ट गरेर अघि बढ्नुपर्छ । मैले व्यवसाय सुरु गरेको बेलाको भन्दा अहिलेको सर्भिस रिक्वायरमेण्टहरु, थिंकिङ रिक्वायरमेण्टहरु, अहिलेको आइडिया रिक्वायरमेण्टहरु परिवर्तन हुँदै गइरहेको छ । त्यसलाई बुझेर गएको खण्डमा इण्डस्ट्री अघि बढ्छ ।’

त्यस्तै नेपाल विज्ञापन एनसी संघका संस्थापक अध्यक्ष वंशीधर पौडेलले नेपालको अर्थराजनीति डामाडोल रहेकाले विज्ञापन बजार खुम्चिरहेको बताए । उनले विज्ञापन बजार खुम्चिँदा विज्ञापन व्यवसायी र विज्ञापन दाताहरू दुवैलाई असर पर्ने बताए ।

उनले भने ‘अरु देशको मूल अर्थ राजनीतिसँग सम्बन्धित हुन्छ । अर्थ राजनीतिले समाजलाई जसरी डोर्याउने हो । त्यो हाम्रो लागि गाइडलाइन हुन्छ । त्यसअनुसार उद्योग, वाणिज्य, व्यापार, विज्ञापन सम्पूर्ण व्यवसायहरू त्यही लाइनअनुसार चल्नुपर्छ । हाम्रो अर्थ राजनीति नै डामाडोल छ । त्यसको असर प्रत्येक व्यवसायमा परेको छ । कठिन अवस्थामा हामी दौडिरहेका छौँ । विज्ञापन बजार खुम्चिँदा विज्ञापन व्यवसायी र विज्ञापन दाताहरू दुवैलाई असर पर्छ ।’

त्यस्तै ब्राण्ड वर्थका सञ्चालक मोहन गजुरेलले सरकारले उद्योगी व्यवसायीहरूसँग गरेका पछिल्ला व्यवहारले विज्ञापन बजार सङ्कुचन भएको दाबी गरे । उनले विज्ञापन बजार मात्र नभई नेपालको आर्थिक क्षेत्रका सबै इण्डिकेटरहरु सङ्कुचनमा रहेको बताए ।

उनले भने ‘विज्ञापन बजारमा सङ्कुचन आयो भन्ने एउटा क्षेत्रलाई मात्रै लिएर हेर्ने भन्दा पनि समग्र हामीले संसारभरको आर्थिक अवस्थालाई हेर्नुपर्छ । कोभिड पछिको अर्थतन्त्र, युक्रेन वार, पछिल्लो समय भएका विभिन्न घटनाले विश्वव्यापी रुपमा आर्थिक मन्दी ल्याएको छ । सरकारले उद्योगी व्यवसायीहरूसँग गरेका पछिल्ला व्यवहारले विज्ञापन बजार सङ्कुचन भएको छ । विज्ञापन बजार मात्र नभई नेपालको आर्थिक क्षेत्रका सबै इण्डिकेटरहरु सङ्कुचनमा छन् ।’

कोभिड पछिको अर्थतन्त्र, युक्रेन वार, पछिल्लो समय भएका विभिन्न घटनाले विश्वव्यापी रुपमा आर्थिक मन्दी ल्याएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *