कोशीमा मिलीजुली, राप्रपाका विष्ट सभामुख बन्ने निश्चित

काठमाडौं । कोशी प्रदेशसभाले सभामुख पाउने भएको छ । सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अमर विष्ट हुने निश्चित प्रायः भएको हो ।

विष्टलाई एमालेले पनि समर्थन गर्ने भएको छ । मंगलबार बिहान बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सभामुखमा विष्टलाई समर्थन गर्ने निर्णय गरेको एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । कांग्रेस, माओवादी केन्द्रसहितको सत्ता गठबन्धनले पनि विष्टलाई समर्थन गर्ने बताइसकेका छन् । योसँगै विष्ट कोशी प्रदेशका सभामुख बन्ने निश्चित भएको हो ।

मंगलबार बिहान बसेको कार्यवस्था परामर्श समितिको बैठकले दिउँसो ३ बजे सभामुख चयनका लागि निर्वाचन गर्ने निर्णय गरेको उपसभामुख सिर्जना दनुवारले जानकारी दिइन् । बिहान बसेको राप्रपा कोशी संसदीय दलको बैठकले सभामुख आफैँले लिने र विष्टलाई अघि सार्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *