डिपेन्डेन्ट भिसामा विदेश जाने महिला बढी, १ वर्षमा कति गए ? (सूचीसहित)
काठमाडौं- गएको वर्षमा ८ लाख भन्दा बढी नेपाली राजगारीका लागि देश छाडेर गएका छन् । अध्यागमन विभागले दिएको तथ्यांक अनुसार सन् २०२३ मा ८ लाख ८ हजार ४१५ जना वैदेशिक रोजगारीका लागि गएका हुन् । जसमध्ये पुरुषको संख्या ७ लाख २३ हजार ७८९ रहेको छ भने ८४ हजार ६०४ महिला रोजगारीका लागि विभिन्न देश गएका छन् ।
यस्तै डिपेन्डेन्ट भिसामा विदेश जानेमा महिला बढी रहेको पाइएको छ । कूल २० हजार ६१३ जना उक्त भिसामा गएकोमा महिलाको संख्या १२ हजार ५२७ छ । भने, डिपेन्डेन्ट भिसामा बाहिर जाने पुरुष ८ हजार ८६ जना रहेका छन् ।
यसैगरि विदेशमा अध्ययन गर्न जानेहरुको संख्या १ लाख ८ हजार ५४२ रहेको छ । जसमध्ये पुरुष ५९ हजार ९७८ छन् भने महिला ४८ हजार ५६२ छन् । गएको वर्ष उपचारका लागि १९ हजार ५०९ जना विदेश गएका छन् । अध्यागमन विभागका अनुसार सन् २०२३ मा १६ लाख भन्दा बढी नेपालीले देश छाडेका छन् । तीमध्ये ७० हजार जनाले स्थायी रुपमै विदेश बस्ने गरी देश छाडेका हुन् ।