प्रवक्तासमेत रहेका भीमदत्तका वडाध्यक्षको दुर्घटनामा मृत्यु
मकालु खबर
२०८० पुस २६ गते
काठमाडौं । मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुरको भीमदत्त नगरपालिका-६ का वडाध्यक्ष महेन्द्र खड्काको मृत्यु भएको छ । बुधबार राति उनले चलाएको म१प ४८५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो ।
भीमदत्त नगरपालिकाका प्रवक्ता समेत रहेका उनी वडाको ऐठपुर क्षेत्र नहर किनारमा बिहीबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
मकालु खबर
२०८० पुस २६ गते
प्रतिक्रिया
सम्बन्धित