तीन महिनाअघि आमा गुमाएका मन्त्री लिम्बूलाई पत्नी शोक
मकालु खबर
२०८० पुस २७ गते
उर्लाबारी । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शाेक परेको छ । मन्त्री लिम्बुकी धर्मपत्नी गङ्गामाया लिम्बुको बिहीबार ५८ वर्षको उमेरमा निधन भएको हो ।
लामो समयदेखि कलेजोको क्यान्सरबाट पीडित लिम्बूको मोरङको लेटाङ-६ , गुवाबारी स्थित आफ्नै घरमा निधन भएको हो ।
लिम्बुको पार्थिव शरीर लिम्बू परम्परा अनुसार शुक्रवार अन्त्येष्टि गरिने मन्त्री लिम्बूका स्वकीय सचिव साजन कुँवरले बताए । लिम्बूका १ छोरा र १ छोरी छन् ।
मन्त्री लिम्बूकी आमाको गत असोज २६ गते मृत्यु भएको थियो ।
मकालु खबर
२०८० पुस २७ गते
प्रतिक्रिया
सम्बन्धित