मेसोभिसनको ‘सम्पदा परियोजना’
सूचना प्रविधि कम्पनी मसोभिसन टेक्नोलोजी प्रालिले नेपालको धार्मिक तथा सांस्कृतिक सम्पदाको ‘डिजिटल संरक्षण तथा प्रवद्र्धन अभिवृद्धि’का लागि ‘सम्पदा परियोजना’ शुक्रबारबाट औपचारिक रुपमा प्रारम्भ गरेको छ।
कम्पनीले व्यवसायीक सामाजिक उत्तरदायीत्व (CSR) अन्तर्गत शुरु गरेको परियोजनाबाट सबृद्ध साँस्कृतिक र धार्मिक धरोहरहरुको डिजिटल संरक्षण र प्रवद्र्धन हुने अपेक्षा लिएको छ।
‘यसबाट नेपालको ऐतिहासिक तथा संस्कृतिक वैभवको अन्तर्राष्ट्रिय क्षेत्रमा समेत थप पहिचान प्राप्त गर्ने अपेक्षा गरेका छौं,’ मेसोभिसन अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत नारायण क्षेत्रीले भने, ‘नेपालको धार्मिक तथा संस्कृतिक सम्पदाको संरक्षण तथा प्रवद्र्धनका लागि हामी स्थानीय सरकार, स्थानीयरसामुदायीक संघसंस्थाहरुको सहकार्यमा यो परियोजना सञ्चालित गर्छौं । जसका लागि कम्पनीले ‘कहाँ’ नामको एप सञ्चालनमा ल्याएको छ।’
नेपालको विकास बजेटको ठूलो हिस्सा भौतिक पूर्वाधार विकासका लागि बिनियोजित हुँदा सम्पदाको संरक्षणको विषय सधै ओझेलमा पर्दै आएको छ।
‘ऐतिहासिक तथा सांस्कृतिक रुपमा महत्वपूर्ण विषयलाई डिजिटल संरक्षणका लागि स्रोतको प्रभावकारी बिनियोजन गरेर मेसोभिसन टेक्नोलोजीले अहिले देखिएको समस्यालाई समाधान गर्न खोजेको छ,’ क्षेत्रीले भने, ‘मेसोभिसनले सीएसआर अन्तर्गत सञ्चालन कार्यक्रममा सबैले निस्शुल्क सहज रुपमा एप प्रयोग गर्न पाउनु हुने छ ।’
मेसोभिसनले सञ्चालन गर्ने ‘कहाँ एप’ प्रविधिक रुपमा उन्नत मात्रै नभएर सम्पदाको संरक्षण तथा प्रवद्र्धनको प्रयासमा स्थानीय समुदायको स्वामित्व र जिम्मेवारीको भावना समेत उत्पन्न गराउने गरि निर्माण गरिएको छ।
यसले नेपालको सम्पदाको ‘डिजिटल डकुमेन्टेसन’मा भएको कमीलाई पुरा गर्न कोसिस गर्ने छ। सम्पदाको संरक्षण, डिजिटलाइजेसन र अभिलेखिकरण गर्ने प्रक्रियाको विधि निर्माण गर्ने र नेपालको सम्पदा, विश्वव्यापी डिजिटल पहुँच पुर्याउने छ।
कम्पनीले सम्पदा परियोजनाको उद्देश्य प्राप्त गर्नका लागि प्रयोगकर्ता केन्द्रमा राखेर नवप्रवद्र्धन, कम खर्चिलो, प्रविधि प्रयोगका लागि ‘कहाँ एप’ बनाएको हो।
प्रयोगकर्ताको सम्पदाको वैभवसँग बढीभन्दा बढीअन्तक्र्रियात्मक होस भन्ने कहाँ एपमा विभिन्न विशेषतालाई समावेश गरेको छ । यसमा राखिएको जानकारी आधिकारिक स्रोतबाट ल्याइने हुनाले विषयवस्तु विश्वनीय हुनेछ।
यसमा नेपाल, अंग्रेजीसहित विभिन्न भाषाहरुमा जानकारी पाउनु हुनेछ । प्रयोगकर्ताको सहजताका लागि शब्दलाई आवाजमा रुपान्तरण गर्न सक्ने गरि निर्माण गरिएको छ।
सम्पदाको फोटो, भिडियो र ३६० डिग्री भ्युको सुविधा प्रयोग गरेर त्यसमा वृहत श्रव्यको प्रयोग गरिएको छ। प्रयोगकर्ताले एप मा रहेको च्याट सुविधा प्रयोग गरेर स्थानीय समुदायसँग सम्बन्ध बनाउने र अन्तक्र्रिया गर्न सकिनेछ। त्यसैगरी एपको लोकेसन शेयरिङ तथा नेभिगेसनबाट तथा सम्पदा क्षेत्र पत्ता लगाउन र पुग्न सक्नुहुनेछ, एपमा रहेको नोटिस बोर्डबाट अद्यावधिक जानकारीबाट सुसुचित हुनेछ र क्युआर जेनेरासन तथा ‘कहाँ’मा ट्याग गरि सूचना शेयर गर्न सकिने छ।
‘हामीले दीर्घकालीन सोच र दिगो संस्कृतिक संरक्षणको प्रयासमार्फत मापदण्ड स्थापित गर्ने आशा लिएका छौं । जसबाट स्थानीय जनता मात्रै नभएर विश्वभरका मानिस लाभान्वित हुनुहुनेछ,’ क्षेत्रीले भने, ‘यस विषयमा तपाईहरुको चासो के हो भन्ने विषयलाई मेसोभिजनले गम्भीरतापूर्वक लिनेछ र तपाईंको तर्फबाट रचनात्मक प्रतिक्रियाहरुको अपेक्षा गरेका छौ ।’
मेसोभिसन टेक्नोलोजी प्रा।ली। सामुदायी विकास, डिजिटल नेटवर्किङ र सम्पदा संरक्षणमा सिर्जनशील समाधानका लागि समर्पित छ । मेसोभिसनले ‘कहाँ एप’ निर्माण गरेको हो।