अर्जेन्टिनी कप्तान मेस्सीलाई फिफा द वेस्ट अवार्ड
काठमाडौं । विश्व विजेता अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा द वेस्ट २०२३ अवार्ड जितेका छन् । सोमबार लन्डनमा आयोजना भएको कार्यक्रममा म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेन (पिएसजी)का केलियन एमबाप्पेलाई पछि पार्दै इन्टर मायामीका मेस्सीले अवार्ड जितेका हुन् ।
मेस्सीले राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तानका साथै विश्वभरका खेल पत्रकार र समर्थकहरूले गरेको मतका आधारमा यो अवार्ड पाएका हुन् । मेस्सी र हालान्डले समान ४८ अंक प्राप्त गर्दा राष्ट्रिय टिमका कप्तानहरुको मतका अधारमा विजेता घोषणा गरिएको हो । केलियन एम्बाप्पेले भने ३५ अंक प्राप्त गरेका थिए । मेस्सीले यो अवार्ड सन् २०१९ र २०२२ मा पनि जितेका थिए ।
स्पेनकी आइटाना बोनमाटा पहिलो पटक फिफाको उत्कृष्ट महिला खेलाडी घोषित भएकी छन् । उनले २०२३ मा स्पेनलाई आफ्नो पहिलो विश्वकप उपाधि र बार्सिलोनालाई घरेलु र युरोपेली ट्रेबल गर्न महत्वपूर्ण योगदान गरेकी थिइन् । बोनमाटीले लिन्डा काइसेडो र जेनिफर हर्मोसोको पछि पारिन् ।
मेरी इर्प्स लगातार दोस्रो वर्षको लागि उत्कृष्ट फिफा महिला गोलकिपरको बनिन् । एडरसन २०२३ को उत्कृष्ट फिफा पुरुष गोलकिपर घोषित भएका छन् । म्यानचेस्टर सिटीको ऐतिहासिक ट्रेबल जित्ने अभियानलाई ३० वर्षीय एन्डरसनलाई सम्मान गरिएको हो । इडरसन २३ अंकका साथ शीर्ष स्थानमा रहे, थिबाउट कोर्टोइस (२० अंक) र यासिन बौनु (१६ अंक) मा सिमित भएका थिए ।
सरिना विग्म्यानलाई २०२३ को लागि उत्कृष्ट महिला प्रशिक्षक घोषित गरिएको छ । म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला उत्कृष्ट फिफा पुरुष प्रशिक्षक २०२३ घोषित भएका छन् । इटालियन जोडी लुसियानो स्पालेट्टी १८ अंक र सिमोन इन्जाघी ११ अंक र ग्वार्डिओला २८ अंकसहित उत्कृष्ट घोषित भएका हुन् ।
यसैगरी ब्राजिलका मिडफिल्डर गुइलहेर्मे मद्रुगाको गोल उत्कृष्ट घोषित भयो । उनलाई पुस्कस अवार्ड प्रदान गरिएको थियो । ह्युगो ड्यानियल ‘टोटो’ इनिगेजलाई २०२३ को लागि फिफा फ्यान अवार्डबाट सम्मानित गरिएको छ । ब्राजिललाई फिफा फेयर प्ले अवार्डबाट सम्मानित गरिएको छ ।