भुवन केसी भन्छन्– नेपाली चलचित्रमा विदेशी लगानी ल्याउने पहल भइरहेको छ

काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष भवन केसीले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनुपर्ने बताएका छन् ।

मंगलवार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले नेपाली चलचित्रमा विदेशी लगानी ल्याउनसके अझ धेरै रकममा अन्तर्राष्ट्रिय स्तरमा नेपाली चलचित्रहरूले प्रतिस्पर्धा गर्नसक्ने बताए । उनले नेपाली चलचित्रमा विदेशी लगानीको प्रावधान नरहेको भएपनि आफूहरूले अहिले पहल गरिरहेको बताए ।

चलचित्र निर्माणका लागि आवश्यक सामग्रीहरू ल्याउने वातावरण नरहेको उनको गुनासो रहेको छ ।

उनले भने ‘नेपाली चलचित्रमा विदेशी लगानी ल्याउन सकियो भने हामीले अझ धेरै रकममा इन्टरनेशनल लेभलमा हाम्रो देशका फिल्महरूले प्रतिस्पर्धा गर्न सक्छन् । विदेशी लगानी यहाँ ल्याउने प्रावधान छैन । त्यसको लागि पहल गरिरहेका छौँ । शतप्रतिशत लगानी गर्न नपाएपनि ४९ प्रतिशत लगानी गर्नसक्ने व्यवस्थाका लागि पहल गरिरहेका छौँ । चलचित्र निर्माणका लागि आवश्यक इक्क्वीपमेण्ट हामी ल्याउन सक्दैनौँ । त्यो वातावरण छैन । एउटा स्टुडियो छैन हामीसँग । अब चाँडै नै काभ्रेमा स्टुडियो बन्ने सम्भावना छ । सबैभन्दा ठूलो कुरा चलचित्रको नीति हो । हामीसँग मैले अभिनय थाल्नु भन्दा अघिको ऐनमा चलिरहेका छौँ ।’

अध्यक्ष केसीले चलचित्रका लागि सबैभन्दा ठूलो कुरा चलचित्र ऐन भएपनि पुरानो चलचित्र ऐनअनुसार अहिले चल्नुपर्ने बाध्यता रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *