११ औं किन्डर ओलम्पिकमा १७ सय सहभागी हुने

काठमाडौँ । ११औं किन्डर ओलम्पिक २०८० आगामी माघ ६ देखि १३ गते दशरथ रंगशालामा हुने भएको छ ।

अर्ली चाइल्डहुड एजुकेसन टिचर्स एसोसिएसन (एकता) को आयोजनामा हरेक वर्ष आयोजना यो प्रतियोगिता हुँदै आएको छ ।

यसपालि काठमाडौं उपत्यका भित्रका ३६ विद्यालयले सहभागिता जनाउने बिहीबार आयोजित पत्रकार सम्मेलनमा एकताका अध्यक्ष बिना शर्माले जानकारी दिइन् ।

दशरथ रंगशालामा हुने कार्यक्रममा तीनदेखि ६ वर्ष उमेर भित्रका १७ सय विद्यार्थीले विभिन्न खेलकुद विधामा भाग लिनेछन् ।

प्रतियोगिताका संयोजक केदारमान स्थापितले प्रतियोगितामा एथलेटिक्स, जुडो, कराते, उसु र तेक्वान्दो खेल समावेश गरिएको छ । सानै उमेरबाट नै विद्यार्थीहरूलाई खेलकुद क्षेत्रमा संलग्न गराउने उक्त प्रतिगोयताको नारा ‘जितभन्दा सहभागिता महत्वपूर्ण’ रहेको छ ।

एकताका अध्यक्ष विना शर्माले किन्डर ओलम्पिकमा सहभागिता ठूलो हो रहेको उल्लेख गर्दै बालबालिकाहरूलाई रङ्गशालासम्म डोर्याउनु मुख्य उद्देश्य रहेका बताए ।

सबै सहभागीलाई पदक दिने भएकाले जितभन्दा सहभागिता मुख्य हो भन्ने सबैले महसुस गर्ने आयोजकको विश्वास छ । सहभागी खेलाडीहरूलाई नेपाल ओलम्पिक कमिटीको प्रमाणपत्र वितरण गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *