काठमाडौंका बिरामी अस्पताल (तस्बिरहरु)

काठमाडौं । मानिसहरु बिरामी भएपछि उपचारका लागि जाने पहिलो ठाउँ भनेको नै अस्पताल हो । अस्पतालमा चिकित्सकको सेवा पाएपछि नै मानिसहरु स्वस्थ हुन्छन् र आफ्नै दिनचर्यामा फर्किन्छन् ।

गुणस्तरहीन खानेकुरा, अस्वच्छ खानेपानी, सडकको धुवाँ, धुलो र पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण मानिसहरु धेरै बिरामी हुने गरेका छन् । जसका कारण पनि मानिसहरु केही न केही रोग लिएर बाँचेका छन् । त्यसैले पनि स्वास्थ्यचौकी र अस्पताल पुगेर महिनामा आफ्नो स्वास्थ्यको चेकजाँच गर्नैपर्ने बाध्यता छ ।

स्वास्थ्य सेवा दिने क्षेत्र नै अस्वस्थ भएपछिको अवस्था कल्पना गर्न सकिँदैन । स्वस्थ बन्न जाने ठाउँ नै अस्वस्थ भएपछि अर्थात् उपचार लिन जाने ठाउँ नै बिरामी भएपछि के होला ? हामी सोच्न सक्दैनौँ । तर यी दृश्यहरू हेर्दा लाग्छ, काठमाडौं उपत्यकाका केही अस्पतालहरू आफैँ बिरामी छन् ।

अस्पतालको परिसरमा बिरामी कुरुवाहरूका लागि राखिएको कुर्सी, परिसरमा फालिएका स्वास्थ्य सामग्री, सेवा दिन सूचनाका रुपमा राखिएका प्लेकार्डहरू, पुराना स्वास्थ्य सामग्रीहरू यत्रतत्र फालिएको देख्न सकिन्छ । अस्पतालमा परिसरलाई बिरामी बनाइरहेका यी काम सकिएर फालिएका सामग्रीहरूको उचित व्यवस्थापन हुन सकेको छैन ।

अस्पतालेको यो अवस्था देख्दा उपचार गर्न जाने ठाउँ नै बिरामी भएको जस्तो भान सबैलाई हुन्छ नै ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *