स्पेनिस ला लिगा

जिरोना शीर्षस्थानमा उक्लियो, बार्सिलोनाको पनि जित

काठमाडौं । युक्रेनी फरवार्ड अर्टिमको ह्याट्रिक मद्दतमा सानदार पूनरागमन जित निकाल्दै जिरोना स्पेनिस ला लिगाको शीर्षस्थानमा फर्किएको छ । सेभियामाथि ५-१ को सानदार जित निकाल्दै जिरोनाले शीर्षस्थानमा पूनरागमन गरेको हो ।

त्यसअघि अल्मेरियामाथि ३-२ को नाटकीय पूनरागमन जित निकाल्दै रियल म्याड्रिड शीर्षस्थानमा उक्लिएको थियो । तर, रियल लामो समय शीर्षस्थानमा रहन सकेन ।

यस जितले शीर्षस्थानमा उक्लिएको जिरोनाको २१ खेलबाट ५२ अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ५१ अंक छ । पराजित सेभिया १६ अंक जोडेर रेलिगेसन जोनभन्दा एकस्थान माथि १७औं स्थानमा छ ।

अर्काे खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४-२ गोल अन्तरले पराजित गरेको छ । बार्सिलोनाको जितमा फेरान टोरेजले ह्याट्रिक गरेका थिए भने जोआओ फेलिक्सले एक गोल गरेका थिए । रियल बेटिसका लागि इस्कोले दुवै गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाले २० खेलमा ४४ अंक हासिल गरेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ । रियल बेटिस २१ खेलमा ३१ अंकसहित लिगमा नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *