थ्री स्टार आहा राराको सेमिफाइनलमा

पाहुना टोली भुटानको पारो क्लबलाई हराउँदै थ्री स्टार क्लब पोखरामा जारी २३ औँ आहा रारा गोल्डकपको सेमिफाइलन प्रवेश गरेको छ । पोखरा रंगशालामा शनिबार भएको खेलमा थ्री स्टार २–० गोलअन्तरले विजयी भएको हो ।

निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरी खेलेको पारोले अन्तिम समयमा आफूलाई सम्हाल्न सकेन । थ्री स्टारका लागि दुवै गोल आशिष चापागाईंंले गरे । उनले ११४ औँ र ११९ औँ मिनेटमा गोल गरेका हुन् ।

थ्री स्टार फाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी र जावलाखेल यूथ क्लबको विजेतासँग खेल्नेछ । आइतबार दोस्रो क्वाटरफाइनलमा साविक विजेता संकटा क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबिच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *