लक्ष्मी सनराइज र अपर सेती हाइड्रोबीच जलविद्युत आयोजना निर्माण सम्झौता

काठमाडौँ । लक्ष्मी सन्राइज बैंक लि. र अपर सेती हाइड्रो प्रा.लि.बीच सो कम्पनीको कास्की जिल्ला स्थित सेती नदीमा २० मे.वा. क्षमताको माथिल्लो सेती खोला जलविद्युत आयोजना निमार्ण गर्ने आयोजनामा लगानी गर्ने सम्झौता भएको छ ।

बैंकका अनुसार सो आयोजनाको कूल लागत ४.०२ अर्ब रहेको छ । यो सहकार्यले नेपालको नवीकरणीय ऊर्जा परिदृश्यमा महत्वपूर्ण भूमिका खेल्नेछ ।

अपर सेती हाइड्रोले माघ १७, २०७८ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै आश्विन १०, २०८० मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ ।

सो कम्पनीको प्रवर्द्धकको रुपमा के।सी। ग्रुप रहेको छ ।

सो परियोजना निमार्णको लागि लक्ष्मी सनराइज बैंक एक्लैले परियोजना लागतको ७५ प्रतिशत लगानी गर्ने प्रतिबद्धता जनाएको छ भने बाँकी २५ प्रतिशत रकम सो कम्पनीका प्रर्वदक÷संस्थापकहरूको लगानी रहने छ ।

लक्ष्मी सन्राइज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिबद्धता ३.०२ अर्ब रहेको छ जसले दिगो विकासलाई बढुवा दिने बैंकको योजनालाई अझ सार्थक बनाउने बैङ्कले जनाएको छ ।

२० मेगावाट क्षमताको सो आयोजना निमार्ण पश्चात् वार्षिक करिब ११३.५१ मेगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुनेछ । साथै बैंकको विद्यमान १४०० मेगावाट भन्दा बढीको पोर्टफोलियोमा अझ सुदृढ हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *