सुदूरपश्चिम माओवादीको संसदीय दलको नेतामा मान बहादुर धामी चयन
मकालु खबर
२०८० माघ १५ गते
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलको नेता खगराज भट्टलाई हटाइएको छ ।
बहुमत प्रदेशसभा सदस्यले संसदीय दलको नेता नै फेर्ने निर्णय गरेर प्रदेशस सभा सचिवालयमा पठाएका थिए ।
सचिवालयले भट्टलाई हटाएर मान बहादुर धामीलाई चयन गरिएको बताएको छ ।
प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले सचिवायलयमा आएको पत्रलाई सोही अनुसार कार्यान्वयन गरिएको बताए ।
संसदीय दलका उपनेता अक्कलबहादुर रावलको अध्यक्षतामा शुक्रबार बसेको बहुमत प्रदेशसभा सदस्यहरूको बैठकले खगराज भट्टलाई हटाउँदै मानबहादुर धामीलाई दलको नेता चयन गर्ने निर्णय गरेको थियो ।
यो पनि पढ्नुहोस्–सुदूरपश्चिम माओवादीमा रडाको, बहुमत सांसदले फेरे दलको नेता
मकालु खबर
२०८० माघ १५ गते
प्रतिक्रिया
सम्बन्धित