राम्रो स्टार्ट पाएर पनि ठूलो स्कोर बनाउन नसक्दा दुखी छु : देव खनाल

काठमाडौं । दक्षिण अफ्रिकामा भएको एकदिवसीय क्रिकेटमा सहभागी भइ नेपाली यु—१९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

सोमवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै टोली स्वदेश फर्किएको हो । यु १९ विश्वकपमा नेपाल सुपर सिक्ससम्म पुगेको थियो ।

समूहचरणमा नेपालले न्युजिल्याण्ड र पाकिस्तानसँग हार व्यहोर्दा फगानिस्तानलाई पराजित गरेको थियो ।

त्यस्तै सुपरसिक्समा बंगलादेश र भरतसँग पराजित भएको हो । विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली यु १९ टिमका कप्तान देव खनालले समग्रमा खेल राम्रो भएको बताएका छन् ।

उनले नयाँ नयाँ खेलमा नयाँ कुरा सिक्न पाएको बताए । विश्वकप एउटा सपना हुने भन्दै उनले विश्वकपमा नेपालले ब्याटिङमा राम्रो गर्न सकेको भए केही नतिजा आफ्नो पक्षमा आउने बताए ।

उनले विश्वकपमा आकाश चन्द, सुवास भण्डारी र अर्जुन कुमालको प्रश्तुती समग्रमा राम्रो भएको बताए ।

‘नयाँ नयाँ खेलमा नयाँ कुरा सिकिन्छ, त्यो कुराहरु सिक्दै गइरहेका छौँ । विश्वकप भनेको एउटा सपना हुने रहेछ’ उनले भने‘ब्याटिङमा अलि राम्रो भइदिएको भए यो भन्दा राम्रो गर्न सकिन्थ्यो । आकाश, सुवास, अर्जुनले राम्रो खेले ।’

उनले गुल्शन झाको प्रश्तुती भने बलिङमा राम्रो भएपनि ब्याटिङमा राम्रो हुन नसकेको बताए । गुल्शन झा नेपालको लागि कस्तो खेलाडी हो ? भन्नेकुरा सबैलाई थाहा भएको भन्दै सधैँ खेलाडीहरु राम्रो खेलि नै रहन्छन् भन्ने नहुने बताए ।

‘सधैँ राम्रो हुन्छ भन्ने हुँदैन क्रिकेटमा । गुल्शनको राम्रो भएन । बलरमा राम्रो भयो उसको, ब्याटिङमा भएन देवले भने तर गुल्शन कस्तो खेलाडी हो भन्ने सबैलाई थाहा छ । कमब्याक पर्मानेन्ट कमब्याक जस्तो होस् बल्ल खुशी मिल्छ ।’

उनले विश्वकपमा राम्रो स्टार्ट पाएर पनि ठूलो स्कोर बनाउन नसक्दा भने नरमाइलो लागेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *