तीन कविलाई व्यथित काव्य सम्मान
मकालु खबर
२०८० माघ २२ गते
काठमाडौँ । साहित्यिक पत्रकार सङ्घले समकालीन कविहरू श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई सम्मान गरेको छ ।
आज नेपाल प्रज्ञा प्रतिष्ठान पूर्वकुलपति वरिष्ठ कवि बैरागी काँइलाले कवि मुकारुङलाई वर्ष २०७५, क्षेत्रीलाई वर्ष २०७७ र कार्कीलाई वर्ष २०७९ को व्यथित काव्य सम्मान प्रदान गरे ।
सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा डा लक्ष्मणप्रसाद गौतमले सम्मान पाउने कविहरुको परिचय गराएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ कवि बैरागी काँइला, अध्यक्ष राधेश्याम लेकाली, कविहरू श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीले मन्तव्य राखेका थिए ।
मकालु खबर
२०८० माघ २२ गते
प्रतिक्रिया
सम्बन्धित