नेपालविरुद्ध खेल्ने क्यानडाको टोली घोषणा
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) सिरिज खेल्ने क्यानडाको टोली घोषणा भएको छ ।
नेपाल र क्यानडाबीच यसै साता ३ ओडीआई खेलको सिरिज सुरु हुँदैछ । विहीबार सुरु हुने सिरिजका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरिसकेको छ । त्यस्तै क्यानडाका प्रशिक्षक पुबुदु दासानायकेले पनि टोली घोषणा गरेका छन् ।
साद बिन जफरको कप्तानीमा रहेको टोलीमा अनुभवी खेलाडीहरु उपस्थित रहेका छन् । आरोन जोन्सन, श्रीमान्थ विजयरत्ने, नवानित धलिवल, कलिम साना डिलो हेलिगर र पर्गत सिंह टोलीमा छन् । अष्ट्रेलियाको उमेर समूह क्रिकेट खेलेका ओपनर म्याथु स्पुर्स भने टोलीमा छैनन् ।
नेपालले फेब्रुअरी ८, १० र १२ मा क्यानडासँग ओडीआई सिरिज खेल्दैछ । त्यस्तै नेपाल ए टोलीले पनि क्यानाडासँग सिरिज खेल्ने तालिका रहेको छ । क्यानले केहि दिनमा त्यसको विस्तृत विवरण सार्वजनिक गर्नेछ ।
क्यानडाको टोली :
साद बिन जफर (कप्तान), आरोन जोन्सन, डिलोन हेलिगर, दिल्प्रित बज्वा, हर्ष ठाकर, कलिम साना, नवानित धलिवल, निकोलस किर्तन, निखिल दत्त, पर्गत सिंह, शहिद अहम्दजाइ, श्रेयस मोभा, श्रीमान्थ विजयरत्ने, इश्वरजित सोहि, उदय भगवान