सूर्य र रिजनको डेब्यू, क्यानडाविरुद्ध ब्याटिङमा नेपाल

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानडाविरुद्धको एकदिवसीय सिरिजको पहिलो खेल खेलिरहेको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेसँगै नेपाल ब्याटिङमा गरिरहेको हो ।

आजको खेलमा नेपालका लागि रिजन ढकाल र सूर्य तामाङले एकदिवसीय डेब्यु गर्ने भएका छन् । पवन सर्राफले एकदिवसीय टिममा पुनरागमन गर्दै प्लेइङ-११ मा रहेका छन् ।

क्यानाडाविरुद्ध नेपालले तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । टियु क्रिकेट मैदानमा ८ फेब्रुअरी अर्थात माघ २५ गते पहिलो खेल हुने छ भने १० फेब्रुअरी अर्थात माघ २७ गते दोस्रो तथा १२ फेब्रुअरी अर्थात माघ २९ गते तेस्रो खेल हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *