क्यानडामाथि नेपालको सनसनीपुर्ण जित

काठमाडौं । नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई पराजित गरेको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा सबै विकेट गुमाउँदा २२४ रन जोडेको थियो ।

२२५ रनको विजयी लक्ष्य पच्छ्याएको क्यानडा ४७.४ ओभरमा अलआउट हुँदै २१७ रन मात्रै जोड्न सक्यो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले शानदार बलिङ गरेसंगै नेपालले क्यानडामाथि ७ रनको रामोञ्चक जित निकालेको हो ।

नेपालको जितमा कप्तान रोहितले चार विकेट लिए । रोहितले ८.५ ओभरमा २ मेडन राख्दा २२ रन मात्र खर्चिएका थिए ।

क्यानडाका लागि मध्यक्रमका ब्याट्सम्यानद्वय निकोलास किर्टन र पर्गत सिंहले अर्धशतक प्रहार गरे ।

पर्गतले ५० रन जोड्ने क्रममा तेस्रो विकेटका लागि निकोलास किर्टनसँग ७९ रनको साझेदारी गरे । त्यसपछि हर्ष थाकेरलाई ३२ रन जोड्दा निकोलाससँग चौथो विकेट विकेटका लागि ६० रनको साझेदारी गरे ।

निकोलासले ६० रनको योगदान गरे । पवन सर्राफबाट बोल्ड हुनुअघि उनले ९९ बलमा ७ चौका प्रहार गरे । निकोलासले गरेको दुई महत्वपूर्ण साझेदारीले क्यानडा बलियो अवस्थामा पुगेको थियो ।

नेपालले ४४ ओभरको अन्तिम बल र ४५ ओभरको दोस्रो बलमा विकेट लिँदै तीन बलको अन्तरमा दुई विकेट लिदा खेल रोमाञ्चक मोडमा पुगेको थियो । सुरुमा क्यानडाका उदय भगवानलाई नेपालका कप्तान रोहित कुमार पौडेलले ६ रनमा बोल्ड गरे। तीन बलपछि ललित राजवंशीले क्यानडाका साद बीन जोफरलाई एलबिडब्लूको धरापमा पारे ।

यस्तै नेपालका ललित राजवंशीले डिलोन हेलिङ्गरलाई नवौं विकेटको रुपमा २ रनमा एलबिडब्लूको धरापमा पारे । त्यतिबेला क्यानडालाई जितका लागि १९ बलमा १३ रन चाहिएको थियो भने १ विकेट मात्र बचेको थियो ।

यसपछि ६ रन बनाएको क्याडनाका इश्वर सोधीलाई नेपालका कप्तान रोहित पौडेलले ४७.५ ओभरमा शून्यमा बोल्ड गर्दा नेपालले रोमाञ्चक जित हात पा¥यो ।

त्यसअघि क्याडनाका ओपनरद्वय आरोन जोनसन २० रन र नवनीत धलिवाल ६ रनमा आउट भए ।

रिजन ढकालले धलिवाललाई विकेट पछाडि आसिफ शेखबाट क्याच गराए । रिजनले डेब्यू खेलमै विकेट लिए । बायाँ हाते तीव्र गतिका बलर रिजनले आफ्नो स्पेलको पाँचौ बलमा विकेट लिन सफल भए ।

यस्तै सोमपालले जोनसनलाई एलबिडब्लूको धरापमा पारेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *