चीनको पोष्टमा नेपालको ५ गोल, चीन ५–१ ले स्तब्ध
काठमाडौं । समीर तामाङको दुई गोल प्रेरणमा नेपालको यु–२३ टोलीले चीनको छिङ हाई युसुको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलमा ५–१ को जित निकाल्यो ।
चिनियाँ नयाँ वर्षको अवसरमा आयोजित मैत्रीपूर्ण खेलमा शनिवार नेपाली युवा टोलीले पाहुना टोलीमाथि सहज जित निकाल्यो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि छिरिङ लामा, सञ्जीव बिष्ट र नीराजन धामीले समान एक गोल थपे । चिनियाँ टोलीका जासी पेङकोउले सान्त्वना गोल फर्काए ।
सञ्जीव बिष्टले दोस्रो मिनेटमा नै गोल गर्दै नेपाली युवा टोलीलाई अग्रता दिलाए । ३९औं मिनेटमा समिरले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । त्यससँगै पहिलो हाफमा नेपाली युवा टोलीले २–० को अग्रता बनायो ।
समीरले नै ५४ औं मिनेटमा गोल गर्दै नेपाली युवा टोलीको अग्रता ३–० मा पु¥याए । ६३ औं मिनेटमा छिरिङ लामाले अर्को गोल गरे ।
त्यससँगै नेपाली युवा टोलीले अग्रता ४–० मा पु¥याए । ७५ औं मिनेटमा नीराजनले गोल गर्दै घरेलु टोलीलाई ५–० को सहज अवस्थामा पु¥याए । पाहुना टोलीका पेङकोउले ७८ औं मिनेटमा गोल फर्काउँदै अग्रता छोट्याए ।
त्यसपछि थप गोल हुन सकेन र नेपाली युवा टोलीले सहज जित निकाल्यो । चिनियाँ नयाँ वर्षको अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालस्थित चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा यो मैत्रीपूर्ण फुटबल भएको हो ।
विजेता टोलीलाई राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपालका लागि चिनियाँ राजदुत छन् सोङ र राष्ट्रिय खेलकुद परिषद्का (राखेप) का सदस्यसचिव टंकालाल घिसिङले ट्रफी प्रदान गर्नुभएको थियो ।