कुशल मल्ललाई दोस्रो सफलता, क्यानडाको पाँचौं विकेट पतन

काठमाडौं । क्यानडाविरुद्धको एकदिवसीय सिरिजको अन्तिम तथा तेस्रो खेलमा नेपाललाई पाँचौं सफलता मिलेको छ । नेपाललाई पाँचौं सफलता युवा अलराउन्डर कुशल मल्लले दिलाए । उनले ३६.५ ओभरमा हर्ष ठाकरलाई २९ रनमा एल्बीडब्लू धरापमा पारे ।

क्यानडाको चौथो विकेट स्पिनर ललितनारायण राजवंशीले लिए । उनले २७औँ ओभरको अन्तिम बलमा ओपनर नवनीत धालिवाललाई ५० रनमा क्याच आउट गराए ।

क्यानडाको तेस्रो विकेट कुशल मल्लले लिए । उनले १८.१ ओभरमा निकोलस किर्तनलाई तीन रनमा क्याच आउट गराए । नेपाललाई दोस्रो सफलता तीव्र गतिका बलर आकाश चन्दले दिलाए । उनले १३औँ ओभरको अन्तिम बलमा श्रीमन्थ विजेरत्नेलाई २२ रनमा क्याच आउट गराए । नेपाललाई पहिलो सफलता आज डेब्यू गरेकका युवा तीव्र गतिका बलर हेमन्त धामीले दिलाए ।

उनले क्यानडाका ओपनर आरोन जोनसनलाई ४ रनमा पवेलियन फर्काए । हेमन्तले आफ्नो दोस्रो ओभरमै विकेट लिएका हुन् । टस हारेर ब्याटिङको निम्तो पाएको क्यानडाले यो समाचार तयार पार्दासम्म ३८.२ ओभरमा ५ विकेट गुमाएर १ सय ४२ रन बनाएको छ । नेपाल र क्यानडाबीचको तेस्रो खेल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमा भइरहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *