एसीसी महिला प्रिमियर कप क्रिकेट

वर्षाले रोकियो नेपाल र कुवेतबीचको क्वार्टरफाइनल

काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तरर्गत नेपाल र कुवेतबीचको खेले रोकिएको छ । नेपालविरुद्धको खेलमा कुवेतले टस जितेर ब्याटिङ थालेको क्वार्टरफाइनल वर्षाका कारण रोकिएको हो ।

खेल रोकिनुअघि कुवेतले ४ ओभरको खेल्दै १ विकेट गुमाएर १३ रन बनाएको छ । नेपाली टोली प्रारम्भिक चरणमा तीनवटै खेल जित्दै समूह ‘डी’को विजेताका रुपमा क्वार्टरफाइनलमा पुगेको हो । समूह चरणमा कुवेतले सिंगापुरलाई १० विकेटले र म्यान्मारलाई २७ रनले पराजित गरेको थियो भने थाइल्याण्डसँग ९६ रनले हार बेहोरेको थियो । एसियाली क्रिकेट काउन्सिल (एसीसी)ले महिला प्रिमियर कप पहिलो पटक आयोजना गरेको हो ।

यसअघि आजै भएको खलेमा थाइल्याण्ड र युएई एसीसी महिला प्रिमियर कपको सेमिफाइनलमा पुगेका छन् । थाइल्याण्डले हङकङलाई ३ विकेटले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । हङकङले दिएको ९३ रनको लक्ष्य पछाएको थाइल्याण्डले १९.१ ओभरमा ७ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

युएईले इन्डोनेसियालाई ५६ रनले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । युएईले दिएको १२३ रनको लक्ष्य पछाएको इन्डोनेसियाले २० ओभरमा ६ विकेट गुमाउँदै ६६ रन मात्र बनाएपछि युएई विजयी भएको थियो । अब सेमिफाइनलमा थाइल्याण्ड र युएई खेल्ने छन् । पहिलो सेमिफाइनल खेल शुक्रबार हुने छन् ।

*रोकिएको खेल नेपाली समय अनुसार ११ः५५ बाट पुनः सुरु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *