पाँच खेलाडी दोहोरो अंक नजोडेरै फर्किए पवेलियन
काठमाडौँ । नेपालले नामिबियाविरुद्ध खराब ब्याटिङ गरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो खेलमा ६ विकेट ५ खेडाली दोहोरो अंक नजोडेर पवेलियन फर्किएका हुन् ।
टस हारेर पहिला ब्याटिङ गरिरहेको नेपालले यो समाचार तयार पार्दासम्म छैटौँ विकेट गुमाउँदा कुशल मल्लले मात्रै दोहोरो अंकमा रन जोडेका छन् । उनी १५ रन बनाएर आउट हुँदा सोमपाल कामी २, कप्तान रोहित पौडेल १, आसिफ सेख ४, अनिल शाह ८ र कुशल भुर्तेल रोयल डकमा आउट भएका थिए ।
आइसीसी क्रिकेट विश्वकप लिग-२ को (२०२३-२०२७) को साइकलका सिरिज आजदेखि सुरु भएका हुन् । लिग-२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् ।
आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् । क्रिकेट विश्वकप लिग-२ को २०२३-२०२७ साइकलको सुरुवात नेपालबाट भएको हो ।
खेल तालिका:
फागुन ३ गते बिहीबार– नेपालविरुद्ध नामिबिया (जारी)
फागुन ५ गते शनिबार- नेपालविरुद्ध नेदरल्यान्ड्स
फागुन ७ गते सोमबार- नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन ९ गते बुधबार- नेपालविरुद्ध नामिबिया
फागुन ११ गते शुक्रबार- नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबार- नेपालविरुद्ध नेदरल्यान्ड्स