शीर्ष क्रमका ब्याटरले जिम्मेवारी निभाउन सकेनन्– कप्तान रोहित
काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले नामिबियाविरुद्ध शीर्ष क्रमका ४/५ ब्याटरले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसकेको बताएका छन् ।
आइसिसी विश्वकप लिग–२ (२०२४–०२७) को पहिलो खेलमा नामिबियासँग हार पछिको पत्रकार सम्मेलनमा कप्तान रोहितले शीर्ष क्रमका ब्याटरले जिम्मेवारीपूर्वक ब्याटिङ गर्न नसकेको बताएका हुन् ।
उनले करिब ४५ मिनेट जति आफ्ना ब्याटरले धैर्यता राखेको भएपनि अवस्था फरक हुने उल्लेख गर्दै नामिबियाका बलरको पनि बलिङ तारिफयोग्य रहेको बताए । नामिबियाका बलरले पिचको कन्डिसनलाई राम्रोसँग प्रयोग गरेकाले सफलता पाएको रोहितको भनाइ छ । कप्तान रोहितले विशेषतः रुबेन ट्रम्पलमेन र डेब्युटेन्ट ज्याक ब्रसेलले राम्रो क्षेत्रमा कन्डिसनअनुसार बलिङ गरेको गरेको बताए ।
बलिङ राम्रो गरेपछि कन्डिसनमा पनि साथ पाएको रोहितले बताए । उनले तल्लो क्रमसम्म आफ्ना ब्याटर रहे पनि ब्याटिङ युनिटले पाएका अवसरलाई सदुपयोग गर्न नसकिएको धारणा राखे । राम्रो साझेदारी बनेपछि पनि त्यसलाई राम्रो स्थितिमा पनि पु¥याउन नसक्नुले पनि ब्याटिङमा समस्या बनेको उल्लेख गरे ।
एकदिवसीय क्रिकेटमा शीर्ष ४/५ ब्याटर महत्वपूर्ण रहने भएकाले उनीहरू छिटै पभेलियन फर्किँदा समस्या भएको बताए । नेपालका प्रशिक्षक मोन्टी देसाईले यो हारलाई अवसरका रूपमा लिएर लिनुपर्ने उल्लेख गर्दै सुरुमा दबाब झेल्न नसक्दा समस्या भएको बताए ।
उनले खेलको अवस्था र पिच कन्डिसनलाई खेलाडीले राम्रोसँग बुझ्न नसकेको पनि धारणा राखे । त्यस कारण पनि सुरुमा नै खेलमा पछि परेको उनको बुझाइ छ । आजको खेल कन्डिसन पनि चुनौतीपूर्ण रहेको र त्यसलाई खेलाडीले बुझ्न नसकेको बताए । यद्यपि, यसबारे अब टोलीले काम गर्ने योजना पनि सुनाए । उनले भीम सार्की र कुशल मल्लको साझेदारी भने महत्वपूर्ण रहेको बताए ।
नामिबियाविरुद्ध २३०÷२४० रनको योगफल भए त्यो पर्याप्त रहन सक्ने उल्लेख गरे । यो फरम्याटमा कहिलेकाहीँ तल माथि हुने र तर परिपक्वता देखाउनु नै महत्वपूर्ण रहने धारणा राखे ।
नामिबियाका कप्तान जेरार्ड इरास्मसले नेपालविरुद्ध राम्रो क्रिकेट खेल्न सकिएको उल्लेख गर्दै टस जित्नु पनि आफूहरूका लागि केही फाइदा मिलेको बताए ।
नेपाललाई एक सय ३२ रनमा रोक्नु नै सबैभन्दा ठूलो सफलता रहेको धारणा राखे । आफूहरूले नेपालका हरेक खेलाडीका लागि छुट्टै रणनीति बनाएर बलिङ नगरेको उल्लेख गरे ।
याे आज खेल हेरेर लाज लागेको हाम्रो देश को खेलाडी यति नराम्रो संग खेल्छन् भने थाहा थिएन आज म साधारण गाउँहरू क्रिकेट खेल्छौ तर यस्तो होइन एउटा सानो सलाह दिन्छु ल। सुरु मा ब्याटिङ गर्यो भने खेलाडी लाई ले गर्नु पर्छ भने poit अथवा रण बनाउनु पर्छ किन भने जति रण हान्यो भने ठीक हुन्छ रfaster bowler को आराम संग हरेक बोल मा १,२ लिए को भए आज नेपाल क्रिकेट टिम जीत थेयो तर राम्रो संग कसैले पनि राम्रो strak खेलेनन् हिट गरेर। खेलनु हुँदैन तर सुरु मा खेल्दा रुन जसरी भए पनि रण बनाउनु पर्छ किन भने रण अलि धेरै भए खेलाउनु मिल्थ्यो
नेपाली खेलाडी दाई भाइ हरु खेल्न अघि सामने वाला को छ हेर्नु भयन hae तर अल्ल out huda लाज लागि हाल्छनी