नेदरल्याण्डविरुद्ध बलिङमा नेपाल : दीपेन्द्र टिममा फर्किए, देवलाई पनि मौका
मकालु खबर
२०८० फागुन ५ गते
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपालले टस जितेर नेदरल्याण्डसविरुद्ध फिल्डिङ गर्ने निर्णय गरेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गर्दै नेदरल्याण्डलाई ब्याटिङको निम्तो दिएका हुन् ।
नेपालले आजको खेलमा दुई परिवर्तन गरेको छ । करण केसी र पवन सरार्फ बाहिर भएका छन् । दीपेन्द्रसिंह ऐरी र देव खनाल टिममा छन् । नेपाल र नेदरल्याण्ड्सबीच ओडीआईमा ३ तीन ओडीआई खेल भएका छन् । नेपाल एक खेलमा जित्दा २ खेलमा हारेको छ ।
नेपालको टोली रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, ललित राजवंशी र देव खनाल ।
बेन्च करण केसी, सूर्य तामाङ, पवन सरार्फ र आरिफ शेख ।
मकालु खबर
२०८० फागुन ५ गते
प्रतिक्रिया
सम्बन्धित