क्यानडाविरुद्धको एकदिवसीय सिरिज

जित्नैपर्ने खेलमा बलिङ गर्दै नेपाल, नियमित कप्तान विनोद भण्डारी बेन्चमा

काठमाडौं । क्यानडा-११ विरुद्ध एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपाल ‘ए’ले पहिला बलिङ गरिरहेको छ । मूलपानीस्थित क्रिकेट मैदानमा टस जितेर नेपाली टिमका कप्तान सन्दीप जोराले पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।

नेपाल ‘ए’ले टोलीमा दुई परिवर्तन गरेको छ । विनोद भण्डारी र प्रतिश जिसीको स्थानमा शेर मल्ल र रिजन ढकाल आएका छन् । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपको कप्तानीमा नेपाल मैदानमा छ ।

तीन खेलको शृंखलामा नेपाल पहिलो जितको खोजीमा छ । शृंखलामा पहिलो खेलको नतिजा क्यानडाले आफ्नो पक्षमा पारेको थियो । आइतबार मूलपानी मैदानमै भएको खेलमा नेपाल ‘ए’ विरुद्ध क्यानडा–११ ले चार विकेटको जित निकालेको थियो ।

नेपालको प्लेइङ११ : अर्जुन कुमाल, बसीर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, रिजन ढकाल

बेन्च : सुजन थपलिया, हेमन्त धामी, विनोद भण्डारी, आशुतोष घिरैया, प्रतिश जिसी

क्यानडा-११ : आरोन जोन्सन, नवनित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जफर (कप्तान), सहिद अहमदजाई, श्रेयास मोभा, सृमन्थ विजयरत्ने, निखिल दत्त, ओमार खालिद

बेन्च: दिलप्रित बज्वा, पर्गत सिंह, उदय भगवान सिंह, इश्वरजोत सोहि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *