रुसको ओल्खन टापुमा आइस स्कल्प्चर फेस्टिभल सुरु
मकालु खबर
२०८० फागुन ८ गते
एजेन्सी । रुसको ओल्खन टापुमा आइस स्कल्प्चर फेस्टिभल सुरु भएको छ ।
रुस, मंगोलिया र फ्रान्सका तेह्र जना कलाकारले द मिस्ट्री अफ लेक बैकल भन्ने विषय रहेको अन्तर्राष्ट्रिय आइस मूर्तिकला प्रतियोगितामा आफ्नो प्रतिभा प्रदर्शन गरेका हुन् ।
बर्याट लोक कथाका मत्स्यांगनाहरू, ड्रेगनहरू, चीलहरू र पात्रहरूलाई प्रतिनिधित्व गर्ने बरफको मूर्तिहरू, एक किलोमिटर लामो बरफको सतह र लगभग २ लाख ५० हजार वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ । आगन्तुकहरू जमेको तालमा घुम्न इच्छुक देखिएका थिए । महोत्सव मार्च ८ सम्म चल्नेछ ।
मकालु खबर
२०८० फागुन ८ गते
प्रतिक्रिया
सम्बन्धित