विश्वकप लिग-२ : आज नामिबियाको सामना गर्दै नेपाल

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज नामिबियाको सामना गर्दैछ । टियु मैदानमा हुने यो खेल बिहान ९: ३० बजेदेखि सुरु हुँदैछ ।

लिग-२ को जारी त्रिकोणीय सिरिजमा सहभागी तिनै देशले आफ्ना २-२ खेलमा एक एक खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नेपालले नामिबियासँग ४ विकेटको हार बेहोरेको थियो । त्यसपछि नेपालले नेदरल्याण्डसमाथि शानदार जित हासिल गर्दै सिरिजमा पुनरागमन गरेको थियो । त्यस्तै नामिबिया भने आफ्नो दोस्रो खेलमा नेदरल्याण्डससँग पराजित भएको थियो ।

नेपाल र नामिबियाबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन् । जसमा नामिबियाले ४ खेल जितेको छ भने नेपालले २ खेलमा जित हासिल गरेको छ । त्यस्तै एक खेलको नतिजा आएको छैन ।

नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेल (कप्तान), आसिफ शेख, देव खनाल, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेको टिम खेलाएको छ ।

लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् । आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

खेल तालिका:
फागुन ११ गते शुक्रबार- नामिबियाविरुद्ध नेदरल्यान्ड्स
फागुन १३ गते आइतबार- नेपालविरुद्ध नेदरल्यान्ड्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *