टियू मैदानमा दर्शकहरूका लागि क्यानले गर्यो निःशुल्क खानेपानीको व्यवस्था
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले टियू मैदानमा दर्शकहरूका लागि क्यानले गर्यो निःशुल्क खानेपानीको व्यवस्था गरेको छ । नेपालले आज आईसीसी विश्वकप लिग-२ अन्तर्गत नामिबियासँग दोस्रो खेल खेलिरहँदा क्यान खानेपानीको व्यवस्था गरेको हो ।
टियूमा नेपालको खेल हुँदा समर्थक/दर्शकहरूको उल्लेख्य उपस्थिति रहने गरेको छ । ‘सम्पूर्ण नेपाली क्रिकेटप्रेमी दर्शकहरूको आवश्यकतालाई ध्यानमा राख्दै त्रिवि क्रिकेट मैदानको मुख्य प्रवेशद्वार र चोभार एण्ड तर्फ पिउने पानीको व्यवस्था गरिएको जानकारी गराउन चाहन्छौं,’ क्यानले भनेको छ ।
नामिबियासँग टस हारेर पहिला ब्याटिङ गरिरहेको छ । टीयु क्रिकेट मैदानमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने तीनै टोली पराजित भएका थिए । आज विकेट पनि परिवर्तन भएको छ । आज दोस्रो विकेटमा खेल भएको छ । जहाँ ब्याटिङ सहयोगी मानिन्छ ।