नेपाललाई चौथो झट्का, आशिफ ५८ रनमा आउट
मकालु खबर
२०८० फागुन ९ गते
काठमाडाैं । नेपालले आईसीसी विश्वकप लिग-२ अन्तर्गत आफ्नो तेस्रो खेलमा चौथो विकेट गुमाएको छ । नामिबियाविरुद्ध टस हारेर ब्याटिङ गरिरहेको नेपालले चौथो विकेटका रुपमा आशिफ शेखलाई गुमाएको हो ।
उनी ५८ रन बनाएर आउट भएका हुन् । यसअघि आठौँ ओभरमा देव खनाल शून्यमै आउट भए भने अनिल शाह पनि शून्यमा आउट भएका थिए । कुशल भुर्तेल १८ रन बनाएर आउट भए ।
यो समाचार तयार गरुन्जेल नेपालले २४.३ ओभरमा ५ विकेट गुमाएर ११५ रन बनाएको छ
मकालु खबर
२०८० फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित