नामिबियाको ६ विकेट पतन, कसिलो बलिङ गर्दै नेपाल
मकालु खबर
२०८० फागुन ९ गते
काठमाडौं । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाललाई छैठौं सफलता मिलेको छ ।
नेपालका लागि छैठौं विकेट कुशल भुर्तेलले लिए । पाँचौ विकेट पनि उनैले लिएका थिए । पाँचौ विकेटका रुपमा उनले नामिबियाका कप्तान जेराल्ड इरासमसलाई ५२ रनमा करण केसीबाट क्याच गराए
दीपेन्द्रसिंह ऐरीले चौथो विकेट लिए । उनले जान फ्राइलिंकलाई ४ रनमा एलबिडब्लूको धरापमा पारे ।
कुशल मल्लले तेस्रो विकेट लिए । उनले आफ्नो स्पेलको पहिलो बलमै विकेट लिने क्रममामिकेल भानलाई ३१ रनमा विकेटकिपर आसिफ शेखबाट स्टपपिन गराए ।
त्यसअघि नामिबियाले पाँच ओभरभित्र दुई विकेट गुमायो ।
निकोलास डिभन १.४ ओभरमा ८ रनमा रन आउटको सिकार भए । यस्तै ४.१ ओभरमा नेपालका कप्तान रोहित पौडेलले नामिबियाका जेपी कोट्जेलाई ३ रनमा बोल्ड गरे ।
मकालु खबर
२०८० फागुन ९ गते
प्रतिक्रिया
सम्बन्धित