माओवादीको स्थायी समिति बैठक बस्दै
मकालु खबर
२०८० फागुन १० गते
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समिति बैठक आज हुँदैछ ।
पार्टी मुख्यालय पेरिसडाँडामा अपराह्न १ बजे हुने बैठकमा समसामयिक राजनीतिक परिस्थितिका बारेमा छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकमा भावी कार्ययोजना, कार्यविभाजन र नयाँ अभियान सञ्चालन गर्नेबारेमा छलफल हुने प्रवक्ता सापकोटाले बताए ।
माओवादीले गत भदौ १६ देखि पुस १७ सम्म ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गरेको थियो ।
उक्त अभियान प्रभावकारी देखिएको उल्लेख गर्दै माओवादीले क्षेत्रगत आधारमा नयाँ अभियान सञ्चालन गर्नु उपयुक्त हुने निष्कर्ष निकालेको थियो ।
मकालु खबर
२०८० फागुन १० गते
प्रतिक्रिया
सम्बन्धित