टस हारेर ब्याटिङमा नेपाल, सोमपाल र देवलाई दिइयो आराम (प्लेइङ-११)
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले अहिले नेदरल्याण्ड्ससँग खेल्दैछ । टियू मैदानमा नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो ।
खेलमा नेपाली टोलीमा दुई परिवर्तन गरिएको छ । नेपालले अरिफ सेख र गुलशन झालाई आजको प्लेइङ ११ मा राख्दै देव खनाल र सोमपाल कामीलाई बाहिर राखेको छ ।
नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ शेख, अनिल शाह, कुशल भुर्तेल, कुशल मल्ल, आरिफ शेख, भीम सार्की, दीपेन्द्र सिंह ऐरी, गुलशन झा, करण केसी र ललित राजवंशी ।
बेन्च : देव खनाल, पवन सर्राफ, सोमपाल कामी, सूर्य तामाङ
नेदरल्यान्ड्सको प्लेइङ ११ : म्याक्स ओडाउड, विक्रमजित सिंह, माइकल लेभिट, स्याब्रान्ड एंगेलब्रेक्ट, नोआह क्रस, तेजा निडामानिरु, स्कट एडवाड्र्स (कप्तान), रोलेफ भान डर मर्वे, बास डि लिडे, आर्यन दत्त, भिभियन किंग्मा
बेन्च : वेस्ली ब्यारेसी, क्याइल केलिन, ओलिभर एलेनबास, शरिज अहमद
यस सिरिजमा नामिबियाको आफ्ना चार खेल जितेर ३ जितसहित नामिबियाको ६ अंक हासिल गरेको छ । उसले लिग-२ को पहिलो सिरिज पनि जितेको छ । नेदरल्याण्डसको ३ खेलमा २ अंक रहेको छ भने नेपालको पनि ३ खेलमा २ अंक रहेको छ ।
नेपाल र नेदरल्याण्डसबीच अहिलेसम्म केवल चार एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्याण्डसले २ तथा नेपालले २ खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्डससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।
लिग-२ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् । आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडी रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।