शर्मिला वाइवा सिन्धुपाल्चोकबाट पक्राउ

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबा पक्राउ परेकी छिन् ।

कुटपिट तथा अङ्गभङ्ग मुद्दामा सिन्धुपाल्चोक प्रहरीले बुधवार उनलाई बाह्रबिसेबाट पक्राउ गरेको हो ।

वाइबा सिन्धुपाल्चोक पुगेको जानकारी पाएपछि काठमाडौं प्रहरीले त्यहाँको प्रहरीसँग समन्वय गरेर उनलाई नियन्त्रणमा लिएको हो ।

केही दिन अघि शर्मिला वाइबा, पवनकी पत्नी सुम्निमा खालिङ र बहिनी गंगा पवन बसेको घरभित्र गएर उनीमाथि हातपात गरेका थिए ।

अनुहारमा चोटैचोट लिएर पवनले पत्रकार सम्मेलन गरेका थिए । पवनको पत्नी सुम्निमासित विवाद चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *