सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप
मकालु खबर
२०८० फागुन १६ गते
काठमाडौंको सुन्धारामा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको छ।
साँझ ७ बजेपछि नै फुटपाथमा व्यवसाय गर्न थालेको भन्दै बुधबार साँझ नगर प्रहरीले व्यवसायीहरुलाई हटाउन खोजेपछि झडप भएको हो।
काठमाडौं महानगरपालिकाले राति ९ बजेपछि मात्रै फुटपाथ राख्न दिने भनेको छ ।
नगर प्रहरी केहीलाई पक्राउ गर्न र लाठि हान्न थालेपछि व्यवसायीले प्रतिकार गरेका हुन्। त्यसक्रममा केही घाइते भएका छन्।
मकालु खबर
२०८० फागुन १६ गते
प्रतिक्रिया
सम्बन्धित