नेपालले टस हार्यो, नेदरल्यान्ड्सविरुद्ध पायो बलिङको निम्तो (प्लेइङ-११)
काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डसबीच हुँदैछ । टियु मैदानमा हुने यस खेलमा नेदरल्याण्डसले टस जितेको हो ।
नेदरल्याण्डसका कप्तान स्कट एडवार्ड्सले टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेका छन् । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ । जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न खेलमा नामिबियालाई ३ रनले पराजित गरेको थियो ।
यसअघि सम्पन्न खेलमा नेदरल्याण्डससँग २ रनले र नामिबियासँग २० रनले पराजित भएको थियो भने नेदरल्याण्डसले २ खेलमा एक जित हासिल गरेको छ । फाइनलमा पुग्न दुवै देशले यो खेल जित्न आवश्यक रहेको छ । नेपालले आज एक परिवर्तन गरको छ । आज अनिल शाहको ठाउमा कुशल भुर्तेललाई टिम समावेश गरिएको छ ।
नेपालको टोली :
कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख
नेदरल्यान्ड्सको टोली :
म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, आर्यन दत्त, साइब्रान्ड एंगलब्रेक्ट, नोआ क्रोस, काइल क्लाइन, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन