हङकङमा हुने टि२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा, को-को परे ? (सूचीसहित)

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले हङकङमा हुने टी(२० त्रिकोणात्मक सिरिज खेल्ने टिमको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरिएको हो ।

क्यानले हङकङमा खेल्ने टिममा सोमपाल कामी, आसिफ सेख, कुशल मल्ल र ललित राजवंशीलाई बाहिर राखेको छ भने विनोद भण्डारी, लोकेश बम, आकाश चन्द र रशिद खानलाई समावेश गरिएको हो ।

नेपाली टिम : रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ सेख, विवेक यादव, रशिद खान, करण केसी, सागर ढकाल, प्रतिशस जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा ।

नेपालले मार्च ९ देखि १३ मार्चसम्म हङकङ, नेपाल र पपुवान्यूगिनीसम्मिलित टी(२० सिरिज खेल्दै छन् । त्रिकोणात्मक टी(२० सिरिजमा मार्च १० मा हङकङ र नेपाल खेल्ने छन् भने मार्च १२ मा दुई खेल हुने छन् । मार्च १२ मा पिएनजी र नेपाल पहिलो खेलमा खेल्ने छन् भने दोस्रो खेलमा हङकङ र पिएनजी खेल्ने छन् ।

मार्च १३ मा त्रिकोणात्मक टी(२० सिरिजको फाइनल खेल हुने छन् भने फाइनलमा नपुग्ने देशले हङकङ ए’सँग तेस्रो स्थानको लागि खेल्ने छ । सिरिजअघि हङकङ र नेपाल बीच मार्च ९ मा फ्रेन्डसिप कप हुने हङकङ क्रिकेट बोर्डले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *