पावर प्ले र डेथ ओभर बलिङमा चुक्यौ : कप्तान रोहित
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले पावर प्ले र डेथ ओभरको बलिङमा सुधार गर्न आवश्यक रहेको बताएका छन्।
त्रिदेशीय टी–२० सिरीको फाइनलमा नेदरल्यान्ड्ससँग हार खेपेपछि रोहितले करिब १५ रन जति लक्ष्य कम भएको उल्लेख गर्दै बलिङमा पनि कमजोरी देखिएको औँल्याए।
उनले आगामी विश्वकप पछिल्ला खेलमा नामिबिया र डच टोलीविरुद्ध हातमा आएको खेल नियन्त्रण लिएका थियौँ । तर पावर प्ले र डेथ ओभरको बलिङमा चुक्यौ,’’ रोहितले भने। फाइनलमा राम्रो मोमेन्टलाई जोगाउन नसकेको उनको भनाई थियो ।
ब्याटिङ गर्न राम्रो विकेट रहेपनि त्यसमा नेपाल चुकेको उनले बताउनुभयो । ‘‘डेथ ओभरमा बलिङ गर्न चुनौती रहन्छ। तीव्र गतिका बलर अविनाश बोहोराले डेथ ओभरमा राम्रो बलिङ गर्न सक्नुभएन ।तर अविनाशले त्यो जिम्मेवारी पूरा गर्नसक्ने विश्वासमा टोली रहेको छ,’’ उनले भने।
यस्तै नेपालका प्रशिक्षक मोन्टी देसाईले ब्याटिङ गर्दा अन्तिम ओभरतिर आफ्नो टोली असफल भएको बताए। टोलीको लक्ष्यमा १५ रन जति कम भएको पनि मोन्टीले बताए।