काँग्रेस–एमालेको गठबन्धन बन्ने सम्भावना ज्यादै कम छ : श्याम श्रेष्ठ
काठमाडौँ । सोमवार सत्ता समीकरणमा फेरबदल आएसँगै राजनीतिक दलहरू एकले अर्कोलाई आफ्नो पक्षमा लिन दौडधुप गरिरहेका छन् । संसदको पहिलो ठूलो दल नेपाली काँग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको दोस्रो ठूलो दल नेकपा (एमाले) सँग सत्ता सहकार्य गरेसँगै यसबारे अनेक टीकाटिप्पणी भइरहेका छन् । नयाँ राजनीतिक समीकरणलाई नागरिक समाजले कसरी हेरिरहेको छ भन्ने सम्बन्धमा नागरिक समाजका अगुवा श्याम श्रेष्ठसँग कुराकानी गरेको छ । कुराकानीमा उनले लामो गृहकार्यपछि मात्रै यो गठबन्धन बनेको बताए । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानी :–
प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ गठबन्धन गर्नुभयो, प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) र नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी समेतलाई लिएर, यसअघि यही गठबन्धन छोडेर काँग्रेससँग गठबन्धन बनाउनुभएको थियो, यो परिवर्तित राजनीतिक परिस्थितिलाई कसरी लिनुभएको छ ?
यो देखिँदाखेरि अकास्मत देखियो । अप्रत्याशित जस्तो लाग्नेगरी पनि देखियो । तर घटनाक्रम हेर्दाखेरि यो अकास्मत घटेको घटना होइन । यो भन्दा धेरै अगाडीदेखि खिचडी पाक्दै थियो । पाकेको खिचडी अहिले थालमा पस्किएको मात्रै हो । तर योभन्दा अगाडी नै गृहकार्य नभईकन अकास्मत यस्तो खालको कुरा हुने गर्दैन । त्यसकारणले यो अकास्मत भएको घटना होइन । दोस्रो कुरा, माओवादी र एमाले पहिला पनि मिलेको । एउटै पार्टी पनि बनाएको । पार्टीपनि फुटेको । फेरि उहीसँग एकीकरणको प्रयत्न पनि गरेको । फेरि फुटेको घटना हो । अहिले उहीसँग जोडिने खालको कुरा आएको छ । के असन्तोष भयो काँग्रेससँग त्यो हामीलाई थाहा हुने कुरा भएन । तर कुनै न कुनै असन्तोष भएर यस्तो भएको देखिन्छ ।
वाम गठबन्धन गरेर जाने भनेका छन्, के त्यो सम्भव छ ?
जवाफस् त्यो नामकरण चाहिँ उनीहरु गरुन् । कति वामपन्थी छन् यी अहिले भएका पार्टीहरू ? एमाले कति वामपन्थी छ ? माओवादी कति वामपन्थी छ ? वामपन्थी भनेको त आमूल रूपान्तरणकारी हो । आमूल रूपान्तरणको कुनै एजेण्डा यी पार्टीसँग बाँकी छ ? बाँकी छ भने वामपन्थी हुने हो । नभए वामपन्थी भन्न मिल्दैन । वामपन्थी शब्दलाई दुरुपयोग गर्नुहुन्न । वामपन्थी शब्द अर्थपूर्ण शब्द हो । जहाँनेर पार्टीहरू, दलहरू, कुनै शक्तिहरु तात्त्विक महत्वको परिवर्तनमा तयार हुन्छ र हुन्छ वामपन्थी । को वामपन्थी यहाँ रु त्यसकारणले यो वामपन्थी भन्ने शब्द त मलाई लाग्दैन । यो देशका सुधारवादी शक्तिहरूको बीचको गठबन्धन भन्यो भने ठिकै होला ।
प्रधानमन्त्रीले विश्वासको मत पाउनु होला रु कि घात, प्रतिघातको सुरुवात विश्वासको मतबाटै सुरु हुन्छ ?
त्यो त म भन्न सक्दिनँ । किनकि म ज्योतिष होइन । पाउन पनि सक्छ । नपाउन पनि सक्छ । तर अब भर्खरै एकता गरेको छ, एमालेले भर्खरै आफ्नो गोडामा आफैँले बन्चरो हान्ने काम नगर्ला । त्यहाँसम्म त जाला कि भन्ने एउटा अनुमान हो । तर अहिले नेपालमा एक क्षणमा, एउटा कुरा नमिल्ने बित्तिकै फुट्नेहरू हुन् यिनीहरू । अघिल्लो पार्टी फुट्नुपर्ने कारण नै थिएन । त्यसकारणले अहिले भन्न सकिँदैन त्यो ।
मान्छेहरूले निकट भविष्यमा पुनः काँग्रेस–एमाले गठबन्धन अथवा काँग्रेस–माओवादी गठबन्धन हुनसक्छ भनेर टिप्पणी पनि गरेका छन् । त्यस्तो कमजोर जगमा छ यो गठबन्धन रु त्यस्तो सम्भावना हुनसक्छ ?
सम्भावना त राजनीतिमा जे को पनि हुन्छ । तर काँग्रेसको सबैभन्दा ठूलो प्रतिपक्ष एमाले हो । एमालेको सबभन्दा ठूलो प्रतिपक्ष काँग्रेस हो । यी दुईथरी मिल्ने सम्भावना ज्यादै कम छ । खानेकुरा पनि त एउटै बोरामा दुईवटाले मुख जोत्नुपर्ने कुरा भयो । त्यसकारणले मिल्ने सम्भावना असाध्यै कम हुन्छ । मिल्दै मिल्दैनन् भन्न पनि सकिँदैन । मिल्न सक्छन् । किनभने कुरा मिले पछाडि त, स्वार्थ मिले पछाडि त नमिल्लान् भन्न सकिँदैन । तर मिल्ने सम्भावनाको कुरा गर्नुहुन्छ भने त्यो सम्भावना ज्यादै नै कम छ । फेरि पनि काँग्रेस–माओवादी मिल्ने सम्भावना अथवा एमाले–माओवादी मिल्ने सम्भावना ज्यादा छ । किनभने सबैले हन्डर, ठक्कर खाएर, एमालेले हन्डर ठक्कर खाइसकेको छ । माओवादीले पनि । त्यो हन्डर ठक्कर पछाडिको यो गठबन्धन हो ।
यो गठबन्धनलाई ‘चाइना फ्याक्टर’ को रुपमा पनि अर्थ्याइएको छ, ‘बिआरआई परियोजना’ कार्यान्वयनसँग पनि जोडिएको छ, के चाइना फ्याक्टरले नै काम गरेको हो त ?
नेपालमा जे भएतापनि कुनै फ्याक्टर जोड्ने एउटा चलन नै भइसकेको छ । नेपाल सार्वभौम देश होइन, यहाँ चाइनाले मिलाउँछ, अमेरिकाले मिलाउँछ या त भारतले मिलाउँछ भन्ने एउटा सोच छ । तर यो सोचलाई चिरेर जानुपर्छ जस्तो लाग्छ नेपालीहरूले । यो कुनै फ्याक्टरले गर्दाखेरि भएको होइन कि आफ्नो सत्ताको आवश्यकताको फ्याक्टरले गर्दा चाहिँ भएको हो । चाइनाले त पहिला पनि पार्टीहरूलाई जोड्नै कोसिस गरेको थियो नि । तरपनि फुट्यो । फेरि पनि जोड्न कोसिस गरेको फेरि पनि फुट्यो । चाइना फ्याक्टर लाग्ने भए त त्यतिखेरै लाग्थ्यो नि ।
चार राजनीतिक दलहरूले आँठ बुँदे सहमति गरेका छन्, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंग्याउने, संघीयता कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तहका सरकारलाई प्रभावकारी बनाउने लगायतका बुँदा छन्, यी कुराहरूलाई टुंग्याउन प्रधानमन्त्रीलाई काँग्रेससँग भन्दा एमालेसँग काम गर्न सजिलो हुने भएकाले यसो भएको हो त ?
पार्टीगत रुपमा भन्नुहुन्छ भने एमालेलाई माओवादी सजिलो पर्नुपर्ने हो । तर व्यक्तित्वले पनि भुमिका खेल्छ । व्यक्तित्वको मनोविज्ञानले भुमिका खेल्छ । अहिले कस्तो देखिन्छ भने प्रचण्डलाई देउवासँग कुराकानी गर्न ज्यादा सजिलो ओलीसँग कुराकानी गर्न ज्यादा अपmअप्ठ्यारो । यो देखिन्छ । उनीहरूको बडिल्याङ्वेजलाई हेर्दाखेरि । पार्टीगत रुपमा भन्नुपर्दा त्यो कुरा नभएर एमाले र माओवादी उस्तै उस्तै पार्टी भए । संसदीय पार्टी । सुधारवादी पार्टी । दुवैको स्वभाव पनि मिल्ने । दुवै वामपन्थी पृष्ठभूमिबाट आएको । दुवै पार्टीले एक समयमा हतियार उठाएको । माओवादीले पनि धरै मात्रामा हतियार उठाएको । एमालेले पनि उठाएको थोरै मात्रामा । तर उठाएको त हो नि त उसले पनि । त्यस कारणले इतिहास हेर्दाखेरि कम्युनिस्ट पार्टीको धङधङी पनि बाँकी छ । बेसार नै नभएपनि बेसार बाँधेको टालो बाँकी छ । पार्टीगत रुपमा यता सजिलो । व्यक्तिगत रुपमा उता सजिलो हो ।
प्रश्नस् चार राजनीतिक दलहरूले गरेको आँठ बुँदे सहमतिलाई कार्यान्वयन गर्न कत्तिको इमानदार होलान् यी दलहरू ?
नेपालमा सबभन्दा समस्या नै सहमति कार्यान्वयन हो । यी नेपालका सबै दलहरूको स्वभाव के हो त भन्दाखेरि सहमति भनेको तोड्नका लागि गर्ने हो भन्ने खालको स्वभाव हो । सहमति भनेको कार्यान्वयनका लागि होइन कि आज सहमतिमा हस्ताक्षर गर्यो । सहमति गरेको भोलिपल्ट नै तोड्नका लागि कहाँ कहाँ तोड्न मिल्छ ? त्यसको प्वालहरू कहाँ छ ? भनेर खोज्ने खालको पार्टीहरू परे । त्यसकारण नेपालमा सहमति राम्रोसँग कार्यान्वयन हुन्छ भन्ने कुरा विगत इतिहास हेर्ने हो भने कसैले पनि सहमतिलाई राम्रोसँग कार्यान्वयन गरेको देखिँदैन । मात्रामा कोही धेरै कोही थोरै होला । सहमति भनेको अधिकांश रुपमा तोडेकै देखिन्छ । तोड्न त यी माफिर मान्छेहरू परे ।
नयाँ राजनीतिक दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी गठबन्धनमा समावेश हुनुलाई कसरी हेर्ने ?
जुन खालको अहिले गठबन्धन छ, रास्वपाको एमाले, माओवादीसँग के कुरा मिल्छ रु रास्वपा त अहिले बन्दै गरेको पार्टी हो । न त उसको सिद्धान्त बनिसकेको छ । न त कुनै ठोस विचार बनिसकेको छ । बनाउने दिशातिर छ । भर्खरै बनेको पार्टी हो । उ त नेतृत्व कसरी बनाउने, संगठन कसरी बिस्तार गर्ने, विचार कसरी बनाउने, विचारलाई कसरी व्यवहारिक रूप दिने भन्ने कुराको चरणमै छ त । यसलाई पार्टी इन मेकिङ भन्छन् । पार्टी इन मेकिङको चरणमा छ रास्वपा । त्यसकारणले उसको के हो, के होइन भन्ने कुरा अहिले भन्न सकिँदैन । तर उसले जे बोलिरहेको छ । जे गरिरहेको छ, त्यहाँ नेताहरू एउटा कुरा बोलिराखेको छ । कार्यकर्ताहरू अर्को कुरा बोलिराखेको छ । कुनै कुनै मान्छेले वामपन्थीले बोल्ने भन्दापनि धेरै राम्रो कुराहरू संसदमा बोलिराखेको देखिन्छ । कुनैले असाध्यै प्रतिक्रियावादी कुरा पनि बोलिराखेको छ । बोलाइमा एकरूपता आएको देखिँदैन । कुनैले सबैले भन्दा राम्रो बोलेको छ संसदमा । अर्को मान्छे अर्कै कुरा गर्छ । त्यसकारणले पार्टी वैचारिक एकरूपतामा नआईकन पार्टी बनेको भनिँदैन । पार्टी इन मेकिङमा त्यो सुविधा दिनु पनि पर्छ । जनमत, नागरिक उन्मुक्ति पार्टी पनि बनिरहेका पार्टी हुन् । यिनले ठोस आकार लिन बाँकी छ । वैचारिक रुपमा आकार दिन बाँकी छ । त्यसकारणले अहिले यी पार्टीको के कुरा मिल्छ त रु सत्तामा जानुपर्छ भन्नेकुरा मिल्छ । अघिल्लो सरकारलाई भत्काउनुपर्छ भन्नेकुरा मिल्छ । मिलेको यत्ति हो । बाँकी के के कुरा मिल्छ त भनेर हिसाब किताब राम्रोसँग गर्न बाँकी छ ।
काँग्रेस महासमिति बैठकले आगामी निर्वाचनमा गठबन्धन नगर्ने, हिन्दु राष्ट्रको विषय उठाउनु नै गठबन्धन भत्किनु कारण हो त ?
अर्को एउटा कुरा छ, माओवादीहरूको जनयुद्धलाई विध्वंशकारी भनेको एकदमै नकारात्मक रुपमा प्रस्तुत गरेको कुराले माओवादीलाई सबभन्दा ज्यादा छोएको हुनुपर्छ । तपाईँले भनेका कुरा पनि होलान् । तर महासमितको बैठकले माओवादीलाई झस्काएको पक्कै हुनुपर्छ । त्यहाँ माओवादीले तीनचोटी सोध्नुपर्ने खालका निर्णयहरू छन् नि त । भोलि यदि माओवादीको यात्रा टुट्ने हो भने त्यो यात्रा अहिले किन नटुटाउने भनेर माओवादी गएको पो हो कि ? यो त अनुमान हो फेरि । हामीले राजनीतिक रुपमा अनुमान गर्ने हो । महासमितिमा भइरहेको कुरा माओवादीसँगको यात्राको सामजस्यता मिल्दैन थियो ।
अब काँग्रेसको रणनीति के होला ? नयाँ समीकरण बनाउन चलखेल गर्ने वा चुपचाप बसेर रचनात्मक प्रतिपक्षको भुमिका निर्वाह गर्ने ?
काँग्रेसका युवा नेताहरूले नयाँ बाटो तय गर्नेतिर जालान् । जुन गई नै रहेका छन् । काँग्रेसका बुढा पुराना मान्छेहरूले चाहिँ हेरौँ एकचोटी भित्रै कहीँ फाटो पार्न सकिन्छ कि हेरौँ, फाटो पार्न सकिन्छ भने फेरि एकचोटी गठबन्धन किन नगर्ने ? जे कुरा एमालेले अफर गरेको छ, त्यो भन्दा बढ्ता कुरा काँग्रेसले अफर ग¥यो भने त आउँला कि ? भन्ने खालको हिसाब किताब पनि गर्ला । त्यहाँ भित्र पनि युनिफर्म ढंगले कुरा जाला भन्ने लाग्दैन । युवाहरू एकापटी होलान् । बुढाहरू अर्कोपटी होलान जस्तो लाग्छ ।
अन्तिममा, नयाँ गठबन्धनलाई केही सुझावहरू छन् ?
घरीघरी गठबन्धन फेर्ने कुराले आम जनतामा ठिक म्यासेज गइरहेको छैन । यिनीहरू सत्ता जता पायो त्यता त्यता कुद्ने खालको हो । जहाँनिर सुप पाकेको छ त्यहीँनिर हामफाल्ने कुरा भयो भन्ने सन्देश भइराखेको छ । त्यसकारणले गठबन्धन यही बनाउने हो भने यसैलाई टिकाउ । घरीघरी गठबन्धन फेर्नु छ भने कारण जनतालाई खुलस्त रुपमा बताऊ । मैले यो कारणले गठबन्धन फेरेँ । जनताले तर्कसंगत ढंगले ठिक, बेठिक भन्ला । एउटा मेरो सुझाव यो हो । दोस्रो कुरा, अहिले नेपाललाई रूपान्तरण चाहिएको छ । नेपालमा संविधान भन्दा नेताहरू ज्यादै पुड्को देखियो । संविधानमा धेरै राम्रो कुराहरू छन् । त्यो व्यवहारमा कार्यान्वयन नै भएन । शिक्षा, स्वास्थ्य, रोजगारीको कुरा, बासको कुरा धेरै कुरा लेखिएको छ । जुन यदि कार्यान्वयन हुने हो भने नेपाल स्वर्ग जस्तो बन्छ । संविधानमा सर्वसम्मत ढंगले लेखेको छ, त्यो त कार्यान्वयन गर्नु । जनतालाई आश्वस्त पार्नु, संविधान कागजको खोस्टो होइन । लेखेको कुरा अक्षरशः कार्यान्वयन हुन्छ भन्ने कुरा मेरो सुझाव हो । दलित सम्बन्धी, बधुवा श्रम सम्बन्धी सबै बारे छन् । संविधाको धाराहरूलाई कार्यान्वयनमा ल्याउनुप¥यो । तेस्रो, अहिलेसम्म रूपान्तरण भन्नेकुरा सिंहदरबार वरिपरि मात्रै घुम्यो । सहर, बजार वरिपरि मात्रै घुम्यो । यो गाउँमा गएन । गरिब वर्गकोमा त जाँदै गएन । गरिखाने वर्गलाई छुदै छोएन । परिवर्तन सहरमा मात्रै घुमिराख्ने परिवर्तनलाई जनताले गणतन्त्र भनेको होइन । गणतन्त्र भनेको त्यहाँपनि पुग्ने परिवर्तन हो । गरिब जनताको जीवनमा हेरफेर आउने परिवर्तन खोजेको हो । भूमिसुधार गरेर, कृषि क्रान्ति गरेर, औद्योगिक सुधार गरेर त्यहाँ पुग्नुपर्यो । संघीयता भनेको छ काम सबै केन्द्रीयताको भइराखेको छ । परिवर्तन गरिबलाई आवश्यकता परेको हो । गरिखाने वर्गलाई, गाउँलाई आवश्यक परेको हो परिवर्तन त्यहाँ पुग्नुपर्यो । नेताहरूको नैतिक चरित्र उदाहरणीय हुनुपर्यो । आम जनताको के छ भने नेताहरूको भन्ने शब्द सुन्नासाथ गाली सुरु हुन्छ । त्यो किन भएको ? त्यसलाई उल्ट्याउनु पर्यो नि । नेताहरू उदाहरणीय नभएर भएको हो । दश वर्ष अगाडी त्यस्तो थिएन । त्यसकारण, नेताहरू उदाहरणीय भएर प्रस्तुत हुनुपर्यो । नैतिकवान, चरित्रवान हुनुपर्यो । मेरो सुझाव यिनै हुन् ।