१५० करोडको लगानीमा होण्डाले नेपालमै स्थापना गर्यो असेम्ब्लि प्लान्ट
काठमाडौँ । नेपालमा सर्वाधिक विक्री हुने होण्डाका दुई पाङ्ग्रे सवारीको असेम्ब्लि अब नेपालमै हुने भएको छ । यही २०२४, मार्च ६ तारिखका दिन, हण्डा मोटरसाइकलको मुख्य बिजनेस युनिटका भाइस Mr. Minoru Katoद्वारा भैरहवामा होण्डाको असेम्ब्लि प्लान्ट को समुद्घाटन सम्पन्न भएको हो ।
समुद्घाटनको औपचारिक कार्यक्रममा हण्डा कम्पनीका विभिन्न स्वदेशी तथा विदेशी प्रतिनिधिहरूको उपस्थिति थियो ।
Kumamoto Factory, Vechile Assembly Plant का General Manager Mr.Tayuki Nakanose का साथै ASH (Thailand) बाट बिक्री निर्देशक Mr. Tetsuya Komine तथा उत्पादन निर्देशक Mr. Yoichi shimada को उपस्थितिले कार्यक्रमको थप शोभा बढाएको थियो । त्यसैगरी, समुद्घाटन कार्यक्रममा जापानबाट Sales Department Manager, Mr. Masahide Hirose र Assistant Manager, Mr. Yasuyuki Yamamoto को उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो ।
समुद्घाटनको औपचारिक कार्यक्रममा HMSI (INDIA ) का Production तर्फका Director, Mr. Naveen Awal र Export/Import
Sales & After Sales र तर्फका General Manager, Mr. Pradeep Chaudhry को सम्मानजनक उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थितिका रुपमा संघीय सभासद् माननीय छबिलाल विश्वकर्मा, लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष पाण्डे, प्रदेश सभा सदस्य भगवती चौधरी, रोहिणी गा।वि।स।का अध्यक्ष विद्या यादव, ओमसतिय गा.वि.स.का पूर्वअध्यक्ष हरि भट्ट लगायतको उपस्थिति रहेको थियो ।
त्यसैगरी, ज्योति ग्रुपका अध्यक्ष पद्म ज्योति, स्याकार ट्रेडिङ्ग कम्पनीका अध्यक्ष सौरभ ज्योति तथा स्याकार ट्रेडिङ्ग कम्पनीका उपाध्यक्ष सुरीद ज्योतिको पनि उपस्थिति रहेको थियो । १५० करोडको लगानीमा 200000 स्क्वाएर फुटको क्षेत्रफलमा रहेको यस प्लान्टले 100000 वटा मोटरसाइकल र स्कुटर उत्पादनको क्षमता राख्ने कम्पनीले बताएको छ ।
विगत ५५ वर्ष भन्दा बढी समयदेखि आफ्ना ग्राहकवर्गको विश्वास जित्दै आएको हण्डा, उत्पादनको गुणस्तरमा सधैँ प्रतिबद्ध र ग्राहकको
सन्तुष्टमा सदैव दृढ रहँदै, दुई पाङ्ग्रे सवारीमा नेपालकै सर्वाधिक बिक्री हुने ब्रान्ड हो । होण्डाको नेपालका लागि अधिकृत विक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि.का अनुसार नवस्थापित असेम्ब्लि प्लान्टसंगै आफ्नो सहायक कम्पनी हिमाल मोटो प्रा.लि.मार्फत उत्पादनको विक्री वितरण, पाटपुर्जाको उपलब्धता र सर्विसिङ्गको सेवा झनै सहज र सुलभ हुनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ ।