स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंकको एक्सटेन्सन काउण्टर स्थापना

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ्ग नगरपालिका वडा नं। ९ स्थित भुम्रेमा एक्सटेन्सन काउण्टर स्थापना गरेको छ ।

बुधवारदेखि उक्त एक्सटेन्सन काउण्टरबाट कारोबार शुभारम्भ गरिएको छ । सो एक्सटेन्सन काउण्टरबाट ग्राहकहरूले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ्ग सुविधाहरू प्राप्त गर्नसक्ने बैंकले जनाएको छ ।

काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएम मार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *