नेपालले पिएनजीलाई दियो १९९ रनको लक्ष्य
काठमाडौँ । कुशल भुर्तेल र सन्दीप जोराको अर्धशतको सहयोगमा नेपालले पीएनजीलाई १९९ रनको लक्ष्य दिएको छ ।
हङकङमा जारी त्रिकोणात्मक श्रृङ्खला टी२० आईको अन्तर्गत आफ्नो दोस्रो खेलमा पीएनजीवरिुद्ध टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९८ रन बनायो ।
नेपालका लागि दुई खेलाडीले अर्धशत प्रहार गरे । ओपन कुशल भुर्तेलले ३९ बलमा ५९ रनको योगदान दिएर उनले ४ चौका र ४ छक्का प्रहार गर्दै १४.३ ओभरमा आउट भए ।
यस्तै सन्दीप जोराले २६ बलमा ५६ रन बनाए । उनले ३ चौका र ४ छक्का प्रहार गरे। उनी १७.५ ओभरमा आउट भएका थिए ।
नेपालका लागि विकेट किपर विनोद भण्डारीले २७, विवेक यादव १९, लोकेश बम १४, गुलसन झाले १५ रन बनाए। कप्तान रोहित कुमार पौडेल १ रनमा आउट हुँदा आरिफ शेखले ४ रन बनाए ।
विवेकले अन्तिम ओभरमा ३ छक्का प्रहार गरेका थिए । उनले ४ बलमा १९ रन बनाए ।
यस खेल जितेमा नेपाल फाइनल प्रवेश गर्नेछ । आज हुने लिग चरणको अन्तिम खेलमा पिएनजी र हङकङ खेल्नेछन् । फाइनल बुधबार हुनेछ । पहिलो खेल वर्षाले रद्द भएको थियो ।