मुक्तिनाथ विकास बैंकको वित्तीय साक्षरता कार्यक्रमहरू सम्पन्न

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि।ले बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तरङ्ग विभिन्न स्थानहरूमा बैंकिङ्ग साक्षरता कार्यक्रमहरू सम्पन्न गरेको छ ।

बैंकले कास्कीको पोखरा–३३ स्थित सरस्वती टिका स्कुल र कैलालीको धनगडी–४ स्थित सिसिएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रमहरूमा स्कुल र कलेजका विद्यार्थीहरू तथा शिक्षक, शिक्षकाहरुको सहभागिता रहेको थियो । त्यसै गरी बैंकले ललितपुरको इमाडोल–१ स्थित स्टार फुडल्याण्ड नजिकको परिसरमा र सुर्खेतको विरेन्दनगर–११ स्थित देउती बजै मन्दिर नजिक परिसरमा पनि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको बैंकले जनाएको छ ।

उक्त कार्यत्रमहरुमा बैंकिङ्ग सेवा सुविधा , डिजिटल बैंकिङ्ग प्रविधि , बचत खाता लगायत बैैंकिङ्ग क्षेत्रका विविध आयामबारे जानकारी गराइएको थियो । यस अभियानबाट स्थानीय तहमै वित्तीय सुविधा बारे चेतना तथा पहुँच पुर्याउने उद्देश्य बैंकले लिएको छ ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card  प्रयोग गरी नेपालभरि रहेको VISA Network मा आबद्ध अन्य जुनसुकै बैंकको ATM Machine  बाट निःशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड , मोबाइल बैंकिङ्ग, क्युआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाताखोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मातथामिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामाभौतिक रुपमाउपस्थितनभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *