जुनदेखि कोपा अमेरिका, लाग्यो १६ देशको टुंगो

काठमाडौं । यस वर्ष हुने कोपा अमेरिका खेल्ने १६ देशको टुंगो लागेको छ । कोपा अमेरिकामा १० देश दक्षिण अमेरिकी र ६ देश उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट छानिएका छन् ।

जसमा दक्षिण अमेरिकाबाट डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना, बोलिभिया, ब्राजिल, चिली, कोलम्बिया, इक्वेडर, पराग्वे, पेरु, उरुग्वे र भेनेजुएला रहेका छन् । उत्तर र सेन्ट्रल अमेरिका तथा क्यारेबियन देशबाट जमैका, मेक्सिको, पानामा, अमेरिका, क्यानडा र कोस्टा रिका रहेका छन् ।

अमेरिकामा हुने यस पटकको कोपा अमेरिका आगामी जुन २० देखि जुलाई १४ सम्म हुने छ । कोपा अमेरिकाको फाइनल खेल फ्लोरिडाको मियामी गार्डेनस्थित हार्ड रक स्टेडियममा हुने छ ।

कोपा अमेरिकाको समूह ए’मा अर्जेन्टिना, पेरु, चिली र क्यानडा रहेका छन् भने समूह बि’मा मेक्सिको, इक्वेडर, भेनेजुएला र जमैका छन् । समूह सी’मा अमेरिका, उरुग्वे, पनामा र बोलिभिया रहेका छन् भने समूह डी’मा ब्राजिल, कोलम्बिया, पराग्वे र कोस्टा रिका रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमाडिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले क्यानडाको सामना गर्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *