नेपाल लाइफ क्यापिटलले गर्यो लगानी व्यवस्थापन सम्बन्धी जानकारीमूलक कार्यक्रम
काठमाडौँ । नेपाल लाइफ क्यापिटलले नेपाल लाइफ इन्स्योरेन्ससंगको समन्वयमा १८ मार्च देखि २४ मार्च सम्म विश्वभर चल्ने ‘Global Money WeeK’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
धितोपत्र बजार, लगानी र जोखिम न्यूनीकरण विषयमा कम्पनीलेविभिन्न ५ स्थानमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको हो । ‘उज्ज्वल भविष्यका लागि लगानी’ विषयमा सर्वसाधारण माझ वित्तीय साक्षरता प्रदान गर्ने मुख्य उद्देश्यका साथ चैत्र ५ गते नेपालगन्ज,चैत्र ६ गते कोहलपुर, चैत्र ७ गते धनगढी, चैत्र ८ गते महेन्द्रनगर बजार र कन्चन क्याम्पस गरी उपत्यका बाहिरका ५ स्थानमा कार्यक्रम सञ्चालन गरिएको थियो ।
शेयर बजार, जोखिम र यसको प्रतिफलको प्रभावबारे सर्वसाधारणलाई साक्षर गराउनु कार्यक्रमको मुख्य लक्ष्य रहेको थियो । विभिन्न स्थानमा गरिएको कार्यक्रममा सहभागीलाई लगानीका विधि, सानै उमेरबाट लगानी गर्दा भविष्यमा हुने लाभ र लगानीका जोखिमका विषयमा जानकारी प्रदान तथा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रमबाट ५०० जना सहभागीहरू लाभान्वित भएका थिए ।
नेपाल लाइफ क्यापिटल, व्यक्ति वा कम्पनीहरूको लगानी योग्य बचतलाई नेपालको पुँजीबजार मार्फत परिचालन गरि उक्त लगानीमा समय सापेक्ष मूल्य सिर्जना गराउने मुख्य उद्देश्यका साथ नेपाल धितोपत्र बोर्डबाट मर्चेन्ट बैकिंबको कार्य अनुमति प्राप्त पब्लिक लिमिटेड कम्पनी हो ।
कम्पनीले पुँजी बजारका असीमित सम्भावनाहरू तथा यसको बहु–आयामिक पक्षहरूको अध्ययन गरि नेपाली लगानीकर्ताहरूलाई सुरक्षित तथा लाभदायक लगानीका अवसरहरू प्रदान गर्न लगानी व्यवस्थापन सेवा, तथा डिम्याट खाता सञ्चालन सेवा प्रदान गर्दै आइरहेको छ ।