काठमाडौंमा हर्क साम्पाङको एकल प्रदर्शन
मकालु खबर
२०८० चैत २० गते
काठमाडौं । धरानका मेयर हर्क साम्पाङले प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था काठमाडौंमा एकल प्रदर्शन गरेका छन् ।
२०८४ को निर्वाचनअघि प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गर्दै उनले काठमाडौंको सडकमा एकल प्रदर्शन गरेका हुन् ।
काठमाडौं आएका बेला साम्पाङले मंगलबार बिहान सडक किनारमा एक्लै उभिएर प्रदर्शन गरेका हुन् ।
‘२०८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था लागू गर’ लेखिएको ब्यानर बोकेको तस्वीर उनले आफ्नै फेसबुकमा राखेका छन् ।
मकालु खबर
२०८० चैत २० गते
प्रतिक्रिया
सम्बन्धित