अब कोशीका यी शहरमा पठाओको सेवा, राइडर बन्न इच्छुकले आवेदन दिनसक्ने
काठमाडौं । पठाओले कोशी प्रदेशका मुख्य शहरहरूसहित थप १७ शहरमा बाइक राइड सेवा विस्तार गर्ने भएको छ । मुलुकभर सेवा विस्तार गर्ने नीतिअनुसार काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा चाँडै थप शहरहरूमा उपलब्ध गराउन लागिएको हो ।
पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोशी प्रदेशका ९ शहरहरू विराटनगर, इटहरी, धरान, दमक, उर्लाबारी, विराटचोक, इनरुवा, बिर्तामोड र भद्रपुरमा उपलब्ध हुनेछ । ‘नजिकैको एक शहरबाट अर्को सहरमा जान इन्टर सिटी बुकिङसमेत गर्न मिल्ने गरी पठाओको सेवा विस्तार गर्न लागेका छौँ,’ बस्न्यातले भने ।
सेवा विस्तार गर्न लागिएका सहरमा बाइक राइडर दर्ताको प्रक्रिया पनि सुरु भएको छ । ‘राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजातसहित आबद्धताका लागि आवेदन दिन सकिनेछ,’ उनले भने, ‘कागजी प्रक्रिया पूरा भएपछि उनीहरूलाई अनलाइनमार्फत तालिम पनि दिइन्छ ।’
इलाम मा पनि गर्नुपर्यो