देश बचाउने अभियानमा शेखर कोइराला !

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र बचाउने अभियान सुरु गरेको बताएका छन् ।

कांग्रेस दाङको दोस्रो जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले देश दुर्घटनाको सङ्घारमा पुगेको भन्दै पार्टी भन्दा माथि उठेर राष्ट्र बचाउने अभियान सुरु गरेको बताए ।

‘मैले देश बचाउनकै लागि संसदमा रहेका पहिलो र दोस्रो दल मिल्नुपर्छ भनेर भन्दै आएको हुँ’ उनले भने,‘राजनीतिक दलहरूले देश पहिले भन्ने कुरालाई प्राथमिकतामा नराखेसम्म राष्ट्र बन्दैन, छिटोभन्दा छिटो दुई ठुला दल एक ठाउँमा उभिएर देशलाई निकास दिऊँ ।’

राजनीतिक दलहरूले राष्ट्रलाई प्राथमिकता नराखेकै कारण जनतामा निराशा छाएको कोइरालाको तर्क छ ।

नेताहरूले पहिले आफू त्यसपछि पार्टी र अनि मात्रै देशलाई राख्ने गरेकाले राष्ट्र संकटमा परेको भन्दै कोइरालाले दुःख व्यक्त गरे ।

नेता कोइरालाले कांग्रेसलाई एक्लै चुनाव लडेर बहुमत ल्याउन सक्ने अवस्थामा नपुर्‍याएसम्म आफ्नो यात्रा नरोकिने समेत स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *